Day: २ वर्ष अगाडि

मकवानपुरगढी ७ मा एम्बुलेन्स दुर्घटना हुदा चालक गम्भिर घाईते

मकवानपुरगढी ७ मा एम्बुलेन्स दुर्घटना हुदा चालक गम्भिर घाईते

Breaking News 2, समाचार
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरा नर्सिङ डाँडामा एम्बुलेन्स दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एम्बुलेन्स चालक पेम्बा रत्न तितुङ गम्भिर घाईते भएका छन् । नर्सिङ डाँडाबाट स्वास्थ्य चौकीको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको ७ नम्बर वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिए । गम्भिर घाईते भएका तितुङको हेटौंडा सहकारी अस्पतालमा उपचार भई रहेको बताईएको छ ।...
धनगढी उपमहानगरपालिकाका मेयरको छोरी भारतबाट सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन आग्रह

धनगढी उपमहानगरपालिकाका मेयरको छोरी भारतबाट सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन आग्रह

Breaking news 3, समाज
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् । आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।   आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको साथीबाट खबर आएको भन्दै मेयर हमालले खोजी कार्यमा सहयोग गरिदिनको लागि आग्रह गरेका छन् ।...
दोस्रो टी–२० अभ्यास खेलमा आज पहिलो ब्याटिङ गर्ने नेपालको निर्णय

दोस्रो टी–२० अभ्यास खेलमा आज पहिलो ब्याटिङ गर्ने नेपालको निर्णय

Breaking news 3, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आज आयरल्यान्डविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टज जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।    
मकवानपुरको कैलाशमा छैन एसईई परीक्षा केन्द्र : ९ वटा पालिकामा २६ परीक्षा केन्द्र

मकवानपुरको कैलाशमा छैन एसईई परीक्षा केन्द्र : ९ वटा पालिकामा २६ परीक्षा केन्द्र

Breaking News 1, शिक्षा, समाचार
हेटौंडा/ माध्यमिक शिक्षा परीक्षा एसईई चैत १५ गते (बिहिबार) देखि २७ गते सम्म हुने भएको छ । मकवानपुरको १० वटा स्थानिय तह रहेकोमा ९ वटा पालिकामा २६ वटा एसईई परीक्षा केन्द्र रहेको छ । एसईई परीक्षा केन्द्र कैलाश गाउँपालिकामा भने तोकिएको छैन । भौतिक पुर्वाधारको पहुच नभएकोले कैलाशका परीक्षार्थिहरु राक्सिराङ गाउँपालिकाको परीक्षा केन्द्रमा सहभागि भई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ । मकवानपुरको ९९ वटा सामुदायिक विद्यालय र ४९ वटा संस्थागत विद्यालयको ६ हजार १६३ जना विद्यार्थिहरु एसईई परीक्षामा सहभागि रहने जनाएको छ । जसमा ग्रेडवृद्धि तर्फ १४९ जना र प्राविधिक धार तर्फ २२४ जना विद्यार्थि रहेको इकाइले जनाएको छ ।...
जब मेरो टिकटक फलोअर असंख्यक बढे !!

जब मेरो टिकटक फलोअर असंख्यक बढे !!

विचार/ लेख/रचना/ साहित्य
अहिलेको समयमा सामाजिक सञ्जाल प्रयोग नगर्ने को होला र ? सामान्यतया सामाजिक सञ्जाल सबैले प्रयोग गर्छन आफ्ना विचार,भावना तथा प्रतिक्रिया व्यक्त गर्ने माध्यम यहि टिकटक फेसवुक,युट्युब लगायत माध्यम बनेका छन । तपाइहरु टिकटक,फेसवुक लगायत सामाजिक सञ्जालमा कस्ता मान्छेहरुलाई साथि बनाउनु हुन्छ अथवा कस्ता मान्छेहरुलाई फलो गर्नुहुन्छ ? नेता,सेलिब्रेटी,कलाकार अथवा केहि नयां सिकाउने मान्छे वा अरु केहि ? एसको प्रतिकृया दिने जिम्मा तपाईं लाई नै छोड्छु अनि साथै तपाइको फेसवुकमा टिकटकमा एकाएक फलोअर बढे भने के गर्नुहुन्छ कसरी लिनिहुन्छ ? म आज यहि भोगाई लेख्दै छु । म रमाइलोको लागि टिकटकमा भिडियो बनाउथे मन परेका गीतमा आफ्ना सामान्य अभिनय भर्थे कहिलेकाहीँ किताबहरु पढ्दा पढ्दा बोरिङ हुदा टिकटकमा समय विताउने गर्थे । म कोरियन भाषाको तयारीमा थिए परिक्षा पनि दिय परिक्षामा पास पनि भएँ । एतिबेला सम्म मेरा घरपरिवार र साथ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"