कैलाशका गर्भवती महिलालाई पौष्टिक आहार वितरण

Advertisement

हेटौंडा/ मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरेको छ । मंगलबार कैलाश–७ स्थित स्थास्थ्य चौकीमा पालिकाका गर्भवती महिलाहरुलाई १२ थरीका पौष्टिक आहार वितरण गरिएको हो ।

गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र नव जात शिशुको स्वास्थ्यमा असर नपरोस् भनेर गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, हर्लिक्स, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायतका पौष्टिक आहार सम्मिलित प्याकेट वितरण गरिएको हो ।

प्रत्येक महिना पालिकाभित्रका सबै वडाका गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरिँदै आएको अध्यक्ष मोक्तानले बताए । कार्यक्रममा कैलाश–७ का वडाध्यक्ष उदास कुमार भोलन, स्वास्थ्य शाखा प्रमुख कृष्ण कुमार यादव, रिपोर्टर्स क्लब नेपाल मकवानपुरका अध्यक्ष बलराम पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"