गण्डकी प्रदेश

सलनालमा १९७४ एडी ब्याण्ड आउने पक्का, तर हल फाईनल हुन केही दिन लाग्ने

सलनालमा १९७४ एडी ब्याण्ड आउने पक्का, तर हल फाईनल हुन केही दिन लाग्ने

Breaking News 1, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । आइतवार कास्की परिवार दक्षिण कोरियाको पत्रकार सम्मेलन भएको छ । कास्की परिवार दक्षिण कोरियाले कोरियन चाड सलनालको पहिलो दिन जनवरी २८ गते आयोजना गर्न लागिएको माछापुच्छ्रे सांगीतिक सौगात भाग ४ विषयमा जानकारी दिने हिसावले पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कार्यक्रममा आमन्त्रण गरिएको १९७४ एडी ब्याण्डका लगभग सबै कलाकारहरुले भिसा पाईसकेता पनि कार्यक्रम गर्ने हलको भने अझै टुङ्गो लागिनसकेको जनाएको छ । कार्यक्रम संयोजक खोम प्रसाद गुरुङले बताए अनुसार अर्को हप्ता सम्ममा हल पनि फाइनल हुने जनाएको छ । त्यसैगरी गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरीले हल फाइनल नभएको खण्डमा पनि कलाकारहरुको भिसा आइसकेकोले कार्यक्रम नहुने चान्स शुन्य रहेको बताएका छन् । आयोजकले बताए अनुसार कार्यक्रम सम्पन्न गर्नको लागि दशौ करोड वन सम्म पनि लाग्न सक्ने बताएका छन् । कार्यक्...
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, गण्डकी प्रदेश, समाचार
काठमाडौँ / गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभ¥याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि ग¥यो । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेसँग उनी पक्राउ परेका हुन् । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । ज्यान मुद्दामा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ६ गते धरौटी राखेर उनलाई थुनामुक्त...
कास्की परिवारले आयोजना गर्न लागिएको वृहत भेटघाट तथा वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा 

कास्की परिवारले आयोजना गर्न लागिएको वृहत भेटघाट तथा वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा 

Breaking News 2, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । कास्की परिवार दक्षिण कोरियाको आयोजनामा हुन लागिएको वृहत भेटघाट तथा बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिएका छन् । यही जुलाई २० र २१ तारिखमा 경기도 가평군 청평면 मा हुन लागेको उक्त वृहत भेटघाट तथा बनभोज कार्यक्रममा सहभागिताको लागि आयोजकले आग्रह समेत गरेका छन् । उक्त कार्यक्रममा सहभागिताको लागि पुरुषको लागि ९० हजार कोरियन वन र महिलाको लागि ७० हजार कोरियन वन शुल्क तय गरिएको छ । कार्यक्रममा  सहभागिहुनेहरुको लागि विभिन्न मनोरञ्जनात्मक स्थानहरूको भ्रमण गराउनुका साथै बिभिन्न मिष्ठान्न परिकारहरूको व्यवस्था  गरिएकोआयोजकले जनाएको छ । त्यसैगरी कार्यक्रममा सहभागि हुन जानको लागि सौलको दोङदेमुन स्टेसन र सुवन स्टेसनबाट  बसको व्यवस्था रहेको छ ।  ...
सर्वोच्चको परमादेशपछि काँग्रेसको सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

सर्वोच्चको परमादेशपछि काँग्रेसको सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

Breaking news 3, गण्डकी प्रदेश, प्रदेश, प्रमुख समाचार, राजनीति
पोखरा । सर्वोच्च अदालतको परमादेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो । सोमबार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।  ...
‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

Breaking News 2, अर्थ, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा गत सलनालमा आयोजना गरिएको धौंलागिरी सांगीतिक सौगात भाग ४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइताबार सौल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आय/व्यय सार्वजनिक गरिएको हो । बाग्लुङ समाजले सार्वजनिक गरिएको आय/व्यय विवरण अनुसार २ करोड ४३ लाख ६७ हजार ६ सय २० वन मुनाफा भएको देखाइएको छ । त्यसैगरी कार्यक्रममा ७ करोड १५ लाख ५९ हजार ६ सय ४८ वन कुल कारोबार हुनुका साथै ४ करोड ७१ लाख ९२ हजार २८ वन खर्च भएको उल्लेख गरिएको छ । समाजले आय/व्यय विवरणमा उल्लेख गरे अनुसार ४ लाख ९८ हजार कबुलियत रकम उठ्न बाँकी देखाइएको छ । बाग्लुङ समाज दक्षिण कोरियाले गत सलनालको अवसरमा गण्डकी प्रदेश समाजको समन्वयमा एनसीसीले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत रहेर सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । बाग्लुङ समाजका अध्यक्ष भ...
गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

Breaking news 3, गण्डकी प्रदेश, राजनीति, समाचार
काठमाडौं / गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।...
गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

Breaking News 2, गण्डकी प्रदेश, राजनीति, समाचार
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागि पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् ।  ...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको दाबी पेश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको दाबी पेश

Breaking news 3, गण्डकी प्रदेश, राजनीति, समाचार
काठमाडौं/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले सभामुख र एक स्वतन्त्र सांसदसहित ३१ जनाको समर्थनमा संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनको दाबी पेशगरेको हो ।६० जना सदस्य रहेको गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रको सभामुखसहित ८, कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।...
राष्ट्रिय सभा निर्वाचन:गठबन्धन १८ सिटमा विजयी हुँदा प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

राष्ट्रिय सभा निर्वाचन:गठबन्धन १८ सिटमा विजयी हुँदा प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

Breaking News 1, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, लुम्बिनी प्रदेश, समाचार
काठमाडौं / राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ ।   बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालले विजय हात पारेको हो । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भएका छन् । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा...
“धौलागिरी सांगीतिक सौगात भाग-४” मा आमन्त्रीत सबै कलाकारहरुको भिषा लाग्यो, निस्चिन्त भएर कार्यक्रममा सहभागि हुन अध्यक्ष भुसालको आग्रह

“धौलागिरी सांगीतिक सौगात भाग-४” मा आमन्त्रीत सबै कलाकारहरुको भिषा लाग्यो, निस्चिन्त भएर कार्यक्रममा सहभागि हुन अध्यक्ष भुसालको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, गण्डकी प्रदेश, प्रवास, मनोरञ्जन, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रम बाँडफाड तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा बाग्लुङ समाज दक्षिण कोरियाको मुख्य आयोजनामा आउदै गरेको कोरियन पर्व सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिकमा हुने “धौलागिरी सांगीतिक सौगात भाग -४” मा नेपालदेखि आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको छ । आज ख्यातिप्राप्त हास्य कलाकार सुबोध गौतम (एदुमे) र गायक तथा प्रस्तोता राजेश बर्देवाको भिषा लागे संगै आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको हो । बिगतको दिनहरुमा कलाकारहरुको फोटो राखेर प्रचार गरेता पनि अन्तिम चरणमा कलाकारको भिषा नलाग्ने समस्याबाट आयोजकहरुले थुप्रै समस्याहरु ब्योहोर्नु पर्ने बाध्यता रहेको थियो । सबै कलाकारहरुको भिषा लागे संगै कलाकारको भिषा नलाग्ने होकी भन्ने चिन्ताबाट मुक्त भएको आयोजक समितिका अध्यक्ष भूमिराज भुसाल बताउछन् । प्रवासी भूमिमा भैपरि आउ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"