बागमती प्रदेश एकता समाजको नेतृत्वमा केसी
दक्षिण कोरिया । बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नयाँ नेतृत्वमा सरोज केसी चुनिएका छन् । आइतबार भएको समाजको चौथो अधिवेशनबाट केसीलाई नेतृत्वमा चयन गरिएको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नबिन श्रेष्ठ, उपाध्यक्षहरुमा आदेश खड्का, रमेशराज खरेल र महिला उपाध्यक्षमा जयन्ती घिमिरे चयन भएका छन् ।
संस्थाको महासचिवमा बेदनाथ आचार्य, सचिवहरुमा राजन अधिकारी, श्याम तामाङ र कोषाध्यक्षमा निर योञ्जन चयन भएका छन् । त्यसैगरी संस्थाको जिल्ला संयोजकहरुमा दिपेन्द्र सिम्खडा, अर्जुन कुमार तामाङ र टेकराज ब्लोन चयन भएका छन् । केही जिल्ला संयोजकहरु चयन गर्न अझै बाँकी रहेका छन् ।
आइतबार सौलको दोङदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनमा तात्कालिन अध्यक्ष विपि पौडेलको अध्यक्षता रहनुका साथै नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग प्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न ...








