खोटाङ सेवा समाज दक्षिण कोरियाको २० औं अधिवेशनको तयारी पुरा
दक्षिण कोरिया । खोटाङ सेवा समाज दक्षिण कोरियाको यहि २८ तारिखमा हुने अधिवेशनको तयारी पुरा भएको छ । आउँदो आइतबारको लागि तय गरिएको अधिवेशन भव्य रुपमा सम्पन्न गर्नको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको संस्थाका अध्यक्ष सुस्मा रानाहँमा राईले जानकारी दिनुभएको छ ।
सौलको दोङदेमुन स्थित एमजी सेमावल हलमा हुने अधिवेशनमा सहभागिहुनको लागि अध्यक्ष राईले आह्वान समेत गर्नुभएको छ । विगत साढे दुई दशक भन्दा अघि देखि दक्षिण कोरियाको नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको उक्त संस्थाले गएको सलनालमा बृहत सांगीतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । २० औं अधिवेशनले कोरियामा रहेको खोटाङबासी नेपालीहरुलाई थप संगठित गर्दै लानमा सहयोग पुग्ने देखिन्छ ।...








