‘सेती महाकाली देउडा साँझ भाग-५’ को भव्य तयारी हुँदै
दक्षिण कोरिया । नजिकिँदै गरेको कोरियन चाड छुसकको अवसरमा सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको 'सेती महाकाली देउडा साँझ भाग-५' को तयारी भव्य रुपमा भैरहेको छ ।
सुदूरपश्चिम क्षेत्रको सांस्कृतिक पक्षलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रम १५ सेप्टेम्बरको साँझ ६ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा प्रस्तुतीको लागि आउने कलाकारहरूको भिसा अप्लाई समेत भैसकेको आयोजक संस्थाका अध्यक्ष धर्मराज तिवारीले लाबा न्युजलाई बताएका छन् ।
सांगीतिक प्रस्तुतीको लागि नेपालबाट वरिष्ठ देउडा गायक भोजराज भट्ट, गायिका सोभा थापा, गायक कमल बिरही थापा, नरेन्द्र रावल लगायतका कलाकारहरू आउने जनाएको छ । त्यसैगरी कार्यक्रममा भुवा नाच टिम, लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाका कलाकार टिम र स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाएको छ । कार्यक्रममा प्रवेश शुल्क...







