देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

Advertisement

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।

साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए ।

गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन् ।

केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्न देउवाले दुई पटक डाके पनि प्रस्ताव तयार हुन सकेको छैन । कांग्रेस नेताहरुका अनुसार केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनको विषय सकभर नउठोस् भन्ने देउवाले चाहेका छन् ।

निलम्बनलाई छलफलको एजेण्डाका रुपमा नराखिए पनि केन्द्रीय सदस्यले आफ्नो धारणा भने राख्ने भएका छन् । ‘कुरा त केन्द्रीय समितिमा किन उठाउन नपाउनु ? सबै किसिमका कुराहरु उठाउन पाइन्छ,’ केन्द्रीय सदस्य श्याम घिमिरे भन्छन् ।

समसामयिक घटनाक्रमको छलफलको प्रस्ताव अन्तर्गत रहेर केन्द्रीय सदस्यले भ्रष्टचार र निलम्बनको कुरा उठाउने भएका छन् । पार्टी नेतृत्वले पूर्व गृहमन्त्री खाँणलाई निलम्बन गर्ने प्रस्ताव नल्याए पनि बैठकमा खुला छलफल हुने शीर्ष तहका एक नेताले बताए ।

‘बैठकमा निलम्बन गर्ने/नगर्ने विचार राख्न केन्द्रीय सदस्यहरु खुला हुनुहुन्छ । निलम्बनको विषयमा बोल्न नपाउने भन्ने हुन्न,’ शीर्ष तहका एक नेता भन्छन् । बैठकमा छलफलको एजेण्डा नबनाउने प्रयत्न भइरहेको उनले सुनाए ।

पूर्व मन्त्री खाँणलाई पार्टीको जिम्मेवारीबाट हटाउने हुने/नहुने पार्टीमा स्पष्ट दुई धारमा छ । उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा खाँणलाई निलम्बन गर्नुपर्ने तर्क पार्टीभित्र राखिरहेका छन् । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले दोषीलाई चोख्याउन र ढाकछोप कुनै पनि बहानामा गर्न नहुने मत राखेका छन् ।

पार्टीले कारबाही गर्नुभन्दा खाँण स्वयंले जिम्मेवारीबाट अलग भएको घोषणा गर्नु उपयुक्त हुने राय पनि कतिपय नेताले राखेका छन् ।

कांग्रेसभित्र खाँणलाई निलम्बन गर्न नहुने पक्षधरको बहुमत रहेको छ । लामो समयसम्म देउवालाई साथ दिँदै आएका खाँणलाई पार्टी जिम्मेवारीबाट अलग गर्ने पक्षमा देउवा देखिन्नन् । देउवा खाँणलाई निलम्बन नगरेर उनी पक्षीय नेताहरुको सहानुभूति लिन चाहन्छन् ।

बिस्तारै तिनलाई आफ्नो क्याम्पमा तान्न सकिन्छ भन्ने उनको चाहनाले काम गरेको छ । खाँण विगतमा मूल रुपमा आफ्नै समूहभित्र भए पनि उनको अलग्गै शक्तिशाली उपुगट रहेकाले देउवा सतर्कतापुर्वक कदम चाल्न चाहन्छन् ।

नेविसंघ र तरुण दलको पूर्व अध्यक्ष रहेका खाँणको पार्टी संरचनामा तल्लो तहसम्म आफू निकट नेता कार्यकर्ता छन् । केन्द्रदेखि तल्लो तहसम्म रहेका खाँण निकट आफूतिर आकर्षित गर्ने देउवाको ध्येय रहेको निकटस्थ बताउँछन् ।

खाँणको राजनीतिक भविष्य संकटमा पर्दा अभिभावकीय भूमिकामा देखिने देउवा प्रयत्न रहेको संस्थापन पक्षका नेताहरु दाबी गर्छन् । खाँण स्वयं देउवा पक्षीय भए पनि उनले त्यसभित्र समेत छुट्टै समूह खडा गरेका छन् ।

संस्थापन पक्षले निलम्बन गर्न नहुने तर्कमा विगतको नजिर देखाएको छ । भ्रष्टचार ठहर भएकालाई समेत विगतमा पार्टी जिम्मेवारी नहटाएकाले खाँणलाई निलम्बन गर्न नहुने तर्क संस्थापन पक्षका नेताहरु गर्छन् ।

खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, विजयकुमार गच्छदार, टेकप्रसाद गुरुङ, जेपी गुप्ता लगायतलाई कांग्रेसले निलम्बन गरेन । केन्द्रीय सदस्य अर्जुननरसिंह केसी विगतमा भएका गलत परम्परालाई निरन्तरता दिन नहुने मत राख्छन् ।

केन्द्रीय समितिको बैठकमा अनियमितता विषयमा व्यापक छलफल हुने उनले बताए ।

२७ वैशाखमा पक्राउ परेका खाँणको विषयमा सभापति देउवाले सार्वजनिक रुपमा कहिं कतै बोलेका छैनन् । २७ र २८ बैशाखमा शीर्ष तहका नेतालाई बोलाएर परामर्श लिएका देउवाले त्यस प्रकरणमा निरन्तर मौन रहेका छन् ।

महामन्त्री गगन थापाले सभापति मौन रहन नहुने सुझाव त्यसैबेला दिएका थिए । संस्थागत दृष्टिकोण बाहिर आउनुपर्ने आवाज उठेर पनि विस्तारै मत्थर हुँदै गएको थियो । केन्द्रीय समितिको बैठक बस्ने भएपछि उक्त प्रकरणमा चर्चा सुरु भएको छ ।

‘अदालती प्रक्रियामा जाँदैमा कारबाही गरिएको पार्टीको इतिहासमा छैन । बालकृष्ण खाँण त अभियुक्त मात्रै न हुन् । आरोप प्रमाणित भएको अवस्था त होइन,’ केन्द्रीय सदस्य घिमिरे भन्छन्,‘विगतको परम्परा नभएको अवस्थामा खाँण जीबाट नै त्यो प्रक्रिया सुरु गर्दा एउटा पीडा माथि अर्को पीडा थपिएको बोध होला ।’

केन्द्रीय समितिको बैठक एक वर्ष पछि बोलाइएको छ । एक वर्षे अवधिसम्म पार्टी बैठकमा धारणा राख्न नपाएकाले केन्द्रीय सदस्यहरु नेतृत्वप्रति आक्रोशित छन् । गत वर्ष पाँच मिनेट केन्द्रीय सदस्यलाई बोल्न समय निर्धारण गरिएको थियो ।

महामन्त्री गगन थापाका अनुसार यसपटक उक्त समयमा केही थप गरेर केन्द्रीय सदस्यलाई बोल्ने समय छुट्याउने तयारी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

दक्षिण कोरिया / नेपालका मौलिक तथा रैथाने आदिवासी÷जनजातीय चाड पर्वहरूको अवसरमा “पर्व, संस्कृति र पहिचानः एकताको आधार, चिन्ने र चिना...
८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

मकवानपुर /  लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा करिब ८ वर्षपछि पुनः सक्रिय रूपमा सांगीतिक क्षेत्रमा ...
सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर/  तामाङ समुदायको महान् पर्व मन्जुश्री सम्वत २५६२ ता लो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा सर्लाहीको बागमती नगरपालिकामा श...
मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

हेटौंडा/  नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"