एसईईमा शतप्रतिशत नतिजा निकालेको शारदा मा.वि.ले खुशी मनाए

Advertisement

हेटौंडा / मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत नतिजा निकाल्दै उत्कृष्ट शैक्षिक सफलता हासिल गरेको छ । विद्यालयबाट परीक्षा दिएका २५ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।

उल्लेखनीय उपलब्धिको अवसरमा विद्यालयले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सफल विद्यार्थीहरू र अभिभावकहरूलाई माला लगाई सम्मान गर्दै खुशी मनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पाँच वर्षे बहु–योजना बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले मकवानपुरगढीको समृद्धिको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई मानेर अघि बढिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष लामाले पाँच वर्षे योजनाको पहिलो वर्षमै शिक्षामा छलाङ मार्नुपर्ने लक्ष्य रहे पनि तत्कालीन समयमा त्यो सफल हुन नसकेको बताउनुभयो। तर निरन्तर प्रयास गर्दै जाँदा यस शैक्षिक वर्षमा उल्लेखनीय सफलता हासिल भएको भन्दै शारदा माध्यमिक विद्यालयको यस वर्षको शतप्रतिशत एसईई नतिजाले विद्यालयको नारा सकरात्मक सोच, उत्कृष्ट परिणामललाई पुष्टि गरेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि लामाले ए प्लस ल्याउने विद्यार्थी राजन नगरकोटीलाई नगद ११ हजार रुपैयाँ प्रदान गर्नुभयो । त्यस्तै, अन्य २४ जना विद्यार्थीलाई २५ सय रुपैयाँका दरले नगद पुरस्कार गाउँपालिकाको तर्फबाट वितरण गरिएको हो ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट ९ज्क्ः० का क्याम्पस प्रमुख पुरन बहादुर जोशीले विद्यालयका सबै २५ जना विद्यार्थीलाई २५ सय–२५ सय रुपैयाँका दरले छात्रवृत्तिका रूपमा नगद सहयोग दिने घोषणा गर्नुभयो । विद्यार्थीको सफलतामा अभिभावकको भूमिका महत्वपूर्ण रहेको भन्दै, कार्यक्रममा अभिभावकहरूलाई पनि माला लगाएर सम्मान गरिएको थियो । उनीहरूका अनुहारमा गौरव र खुशी देखिन्थ्यो । औपचारिक कार्यक्रमपछि विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दाहरूको सहभागितामा विजयी र्‍याली निकालिएको थियो । र्‍याली विद्यालयबाट सुरु भई गाउँका विभिन्न टोल परिक्रमा गर्दै पुनः विद्यालयमै समापन गरिएको थियो । गत वर्षको तुलनामा यस वर्षको नतिजा उल्लेखनीय रूपमा सुधार भएको छ ।
२०८० मा १५।३३ प्रतिशत मात्र उत्तीर्ण भएका विद्यार्थीहरू यसपटक ४३।६६ प्रतिशत पुगेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"