मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५० लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना

Advertisement

दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन आइताबार सम्पन्न भएको छ । लामो समय देखि विबिधकारणले अधिवेशन हुन नसकिरहेको अवस्थामा आइताबार अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट संस्थाको अध्यक्षमा निरञ्जन बिक्रम ठकुरी चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा लक्ष्मण थोकर, महासचिवमा सरोज धनुकि, सचिवमा राम थोकर, कोषाध्यक्षमा रेस मगर र सदस्यहरुमा सपना बस्नेत,प्रकाश भोम्जन, निहारिका गोले र बिक्रम घलान चयन भएका छन् । अधिवेशनले संस्थाको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरेको छ । २०२३ मा सुजन चापागाईको व्यान्ड ल्याएर गर्न खोजिएको मकवानपुर सांगीतिक धमाका भाग २ को आयोजना गर्न खोज्दा अन्तिम चरणमा कलाकारको भिसाको कारण कार्यक्रम स्थगित भएको थियो ।

उक्त कार्यक्रमको अवसरमा गरिएको सबै आर्थिक हिसाब अधिवेशनले पास गरेको छ । १ करोड ७३ लाख ७३ हजार १२२ वोन संकलन भएको रकमबाट १ करोड ४८ लाख ९० हजार ८०० वोन खर्च भएको थियो । कार्यक्रमको लागि हलभाडा स्वरुप दिएको ७० लाख १ हजार ८०० सय वोन रकम फिर्ता नहुदा र आवश्यक तयारीको लागि रकम खर्च भइसकेको कारणले संस्थामा समस्या परेको सांगठनिक तथा आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यसमिति, संरक्षक, संल्लाहकार, पूर्व पदाधिकारीबाट १ करोड ३ लाख ३७ हजार ३३३ वोन संकलन गरिएको र मकवानपुरबासी र गैर मकवानपुरबासीहश्रबाट ७० लाख ३५ हजार ७८९ वोन संकलन भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल संस्थामा २४ लाख ८२ हजार ३२२ वोन बाँकी रहेको छ । बाँकी रकम बाट १० लाख वोन र तात्कालिन अध्यक्ष र महाचिवले जनही २० लाख वोन थपेर ५० लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना गरिएको छ । सेल्टर स्थापना गर्ने भनेर आयोजना गर्न खोजिएको कार्यक्रम सफल हुन नसक्दा सेल्टरको बिकल्पको रुपमा ५० लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना गरिएको हो ।


्र

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"