दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको ९ औं महाधिवेशनको तयारी पुरा भएको छ । यहि आइतबार (९ तारिख) सौलको दोङ्देमुन स्थित सेमावल हलमा महाधिवेशन गर्ने तयारी सबै पुरा भएको अध्यक्ष विशन राईले जानकारी दिनुभएको छ ।

महासंघ गणतन्त्र कारिया कोरियाको नेपाली समाजमा शसक्त ढंगले कृयाशिल हुँदै प्रवासमा पनि आदिवासीहरुको पहिचान र अधिकारको वकालत गर्नुका साथै आदिवासीय सम्पत्तीहरुको प्रवद्र्धन गर्दै आइरहेको छ । ९ औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि पर्यवेक्षकहरुको लगभग टुंगो लाग्नुका साथै नयाँ नेतृत्व चुन्ने सवालमा पनि सहमतिमानै अघि बढ्ने जनाएको छ । महाधिवेशन भव्य र सव्य ढंगले सम्पन्न हुनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष राईले बताए । त्यसैगरी अध्यक्ष राईले कोरियामा रहनुभएका समस्त नेपालीहरुलाई महाधिवेशनमा सहभागि भैदिनको लागि अपिल समेत गर्नुभएको छ ।





























