काठमाण्डौं । कलाकार एवं समाजसेवी प्रतिज्ञा लामाको जन्मदिनको अवसरमा रिमा सेवा समाज ( बृद्धाश्रम) काठमाण्डौंलाई २६ हजार नगद सहित रिमा सेवा समाजमा रहेका बृद्धाश्रममा आश्रीतहरुलाइ खाना समेत खुवाएका छन् ।

कलाकार लामाले आफ्नो जन्मदिनको अवसरमा निरन्तर रुपमा गरिब, दुखी असहायहरुलाइ सहयोग गर्दै आइरहेका छन् । उक्त बृद्धाश्रममा लगभग ६० जना बृद्धाबृद्धहरुले आश्रय लिदै आइरहेका छन् ।





























