मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

Advertisement

हेटौंडा/ समुदाय स्रतमै क्यान्सर परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–४ मा निशुल्क क्यान्सर परीक्षण शिविर आयोजना गरिएको छ । सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा आयोजित उक्त शिविर जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा रोटर क्लब अफ मकवानपुर, रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ यलको समन्वयमा सम्पन्न भएको हो ।

शिविरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भर लाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले महिला तथा पुरुष दुवैका लागि क्यान्सर सम्बन्धी परीक्षण, परामर्श तथा सचेतनामूलक सेवा प्रदान गरेका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पुरुषमा हुने प्रोस्टेट क्यान्सर परीक्षणका साथै फिजिसियन सेवा, भिडियो एक्स–रेलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको कार्यक्रम संयोजक मेनुका दाहालले बताइन् ।

अघिल्ला वर्षहरूमा सहकारीले आफ्ना शेयर सदस्यहरूलाई मात्र स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा यस वर्षदेखि पालिकाभरका सबै नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको दाहालले बताएको छ । शिविरमा २५० जना महिला र ७० जना पुरुष गरी ३ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन् । घरआँगनमै क्यान्सर परिक्षण हुँदा स्थानीय खुशी भएका छन् । सहकारीले हरेक तीन तीन वर्षमा क्यान्सर परिक्षण शिविरको आयोजना गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"