बागमती प्रदेशका सामाजिक विकास मन्त्री र कृषि मन्त्रीद्धारा प्रगति विवरण सार्वजनिक

Advertisement

हेटौंडा/  बागमती प्रदेश सरकारमा नेकपा माओवादीका शालिकराम जम्कट्टेलले आईतबार राजिनामा दिए लगत्तै मन्त्रीहरुले भटाभट आफ्नो कार्यकालमा गरेका कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन् । जम्कट्टेल नेतृत्व सरकारमा मन्त्री रहेका कृषि तथा पशुपन्छी मन्त्री राजेन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले १४ महिने कार्यकाल अवधिमा गरेका कार्यहरु सोमबार सार्वजनिक गरेका हुन् ।

कृषि मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा माटोको गुणस्तरमा सुधार ल्याउन प्रदेशका सात वटा पालिकामा कारखाना स्थापनाको कार्यक्रम समावेश गरिएको बताउदै हप्ते स्किन डिजिज् रोकथामको लागि अभियान चलाई ४८३६४ गाईमा निशुल्क खोप लगाउन सफल भएको बताए । कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदबाट प्रभावित किसानलाई २ करोड ३० लाख ५९ हजार ८३ रुपैयाँ राहत रकम कृषकको खातामा पठाईएको उनले बताए । भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि जिल्ला जिल्लामा खोप अभियान सञ्चालन गरि ११ लाख ४२ हजार ३ सय २७ भेडा बाख्रालाई खोप लगाउन सफल भएको बताए ।

 

प्रदेशका ८ जिल्लामा ८६ प्रतिशत निर्माधिन शीत भण्डारको कार्य सम्मपन्न भएको बताए । पशुपंक्षीको रोग अनुसन्धान गर्न बायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला भवन निर्माण गरिएको बताए । हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा हेटौंडा ११ मा निर्माधिन प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य ८५ प्रतिशत सम्मपन्न भएको र भेटेनरी सेवालाई विस्तार गर्न भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ६० प्रतिशत कार्य सम्पन्न भएको र अन्य थुप्रै कार्य गर्न सफल भएको मन्त्री श्रेष्ठले बताएका छन् ।

यसै गरी सामाजिक विकास मन्त्री मोक्तानले दोस्रोपटक नेतृत्व गर्दा प्रमुख कार्यहरुको उपलब्धि हाशिल गरेको बताइन् । दक्ष जनशक्ति उत्पादन गर्ने द्देश्यले प्रदेशका ६ हजार भन्दा माथि युवाहरुलाई निशुल्क सिप मुलक तालिम प्रदान गर्न सफल भएको बताइन् । उद्यमशिलता , आत्मानिर्भर र व्यवसायी बनाउनु पर्छ भन्ने उद्देश्यले प्रदेशका ३५ वटा पालिकामा ग्रिहिनी महिलाहरु र दलित समुदायका नमगरिकहरुलाई सिप मुलक तालिम दिईएको बताइन् ।

उनले मन्त्रालयको क्षेत्रमा धेरै राम्रो उपलब्धी हसिल गर्न सफल भएको बताउदै चितवन , सिन्धुलिमा आवासिय सहितको अटिजम भएकाहरुको निमित्त विद्यालय स्थापना गरिएको बताइन् । उनले प्रभावकारी लाभाम्वित जनता र निकायमा पुग्ने कार्यक्रम गरिएको बताइन् । उनले खेलकुदमा मकवानपुरको गौरीटारमा फुटबल रङ्गशाला निर्माण कार्य सम्पन्न भएको, २ सय ७१ वटा खेलमैदान निर्माण गरिएको र अन्तर प्रदेश स्तरीय नमुला (गेम) गर्न सफल भएको बताइन् । यू–१९ राष्ट्रिय महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सञ्चालन गरिएको, १८ औं इण्डो नेपाल कराते प्रतियोगिता सम्पन्न भएको उनले बताइन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"