हेटौंडा / बागमती नदीको किनारमा ३ वटा सव फेला परेका छन् । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थत बागमती नदीको किनारमा एउटा महिला र दुई वटा पुरुषको शव फेला परेको हुन् ।

उक्त शव स्थानीय बासिन्दाहरूले माछा मार्न जाने क्रममा देखेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । ती शवलाई काठमाडौं हेलिकप्टरमार्फत लैजान गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिल्वालले बताएका छन् ।





























