हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा असोज १९ गते एतिहासिक रुपमा पहिलो पटक ‘लाईभ सेलो साँझ–२०८१’ कार्यक्रम सञ्चालन हुन गईरहेको थियो । असोज १० गते देखि परेको अविरल बर्षाका कारण देश भर क्षति पुग्नुका साथै मकवानपुर जिल्लामा समेत मानविय तथा भौतिक क्षति पुगेको भन्दै कार्यक्रमलाई स्थगित गरिएको छ ।

मंगलबार आयोजक समिती ओपेरा ईन्फोटेन्मेन्टले पत्रकार सम्मेलन गर्दैे हेटौंडाको पल्पसा सभाहलमा हुने भनिएको ‘लाईभ सेलो साँझ’ कार्यक्रम मिति सारेर आगामी कार्तिक ९ गते हुनेगरी स्थगित गरिएको कार्यक्रम संयोजक विक्रम लुङ्बाले जानकारी दिए ।
यसै गरी टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर, एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित–संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्तिक ९ गते हुने ‘लाईभ सेलो साँझ’ कार्यक्रम हुने संयोजक लुङ्बालले बताए । ‘लाईभ सेलो साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसक्दा पुगि कार्यक्रम स्थगित हुदा पुगेको असुविदा प्रति क्षमा प्रार्थि रहेको बताए ।

त्यस्तै ‘लाईभ सेलो साँझ’ कार्यक्रममा सेलो जगतका प्रख्यात गायक प्रकाश तितुङ तामाङ र प्रख्यात गायिका सुमिना लोको सेलो गायन प्रस्तुति रहनुका साथै स्थानिय कलाकारहरुको नृत्य तथा गायन प्रस्तुति रहेने र बताइएको छ । साथै टुङ्ना र डम्फू प्रशिक्षण पनि हुने बताइएको छ । कार्यक्रममा खाजाको व्यवस्था हुने गरि प्रवेश शुल्क वापत टिकटको १ हजार रुपैयाँ तय गरिएको आयोजक समितीले जनाएको छ ।





























