काठमाडौँ / बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।

मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले जानकारी दिइन् । यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।





























