आँचल साहित्य मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने

Advertisement

हेटौंडा / आँचल साहित्य कला पुञ्ज मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १७ गते कार्यक्रम हुन सम्बन्भमा जानकारी दिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा आयोजना हुने सो कार्यक्रममा विभिन्न बहस, परामर्श, कविता वाचन तथा सम्मान–पुरस्कार वितरण कार्यक्रम रहने संस्थाकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाका अनुसार यस वर्षे अक्षयकोषबाट प्रदान हुने पाँचवटा सम्मानहरू स्थगति गरिएको छ । तथापि विभिन्न क्षेत्रमा सक्रिय प्रतिभालाई प्रोत्साहन गर्न चार जनालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने बताईएको छ ।

मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार–२०८१ तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयमा अध्ययनरत जैसे बनाललाई प्रदान गरिने अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ । शिक्षासेवी देवप्रसाद श्रेष्ठद्वारा स्थापना गरिएको यो पुरस्कार २०७६ सालदेखि प्रदान हुँदै आएको हो । उक्त पुरस्कारको नगद राशि ३ हजार ५ सय रुपैयाँ रहेको छ ।

मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८१ मकवानपुरकी नवप्रतिभा स्वस्तिका दाहाललाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशि नगद ५ हजार १ रुपैँया रहेको छ । सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान–२०८१ कवि पुरुषोत्तम आचार्यलाई १० हजार १ रुपैँयासहित प्रदान प्रदान गरिने छ । त्यस्तै, संस्थालाई संस्थागत बनाउन अक्षयकोष स्थापना गर्ने कार्यमा योगदान पु¥याएको भन्दै आँचल सम्मान–२०८१ प्रकाश लम्साललाई प्रदान गरिनेछ । आँचल साहित्य कला पुञ्जले २०७९ सालदेखि यो सम्मान अक्षयकोष स्थापनामा सहयोग गर्ने व्यक्तिलाई प्रदान गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"