Day: १ वर्ष अगाडि

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग, पूर्व गृहमन्त्री श्रेष्ठको कडा टिप्पणी

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग, पूर्व गृहमन्त्री श्रेष्ठको कडा टिप्पणी

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । अध्यागमन विभागअन्तर्गतको भिजिट भिसा प्रकरणमा गम्भीर अनियमितता देखिएको भन्दै श्रेष्ठले मन्त्री लेखकले नैतिकताको आधारमा पद छाड्नुपर्ने बताएका हुन् । बुधबार हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । “गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सहजीकरण गर्नु नै उचित हुन्छ,” श्रेष्ठले भने । पूर्व गृहमन्त्रीसमेत रहेका श्रेष्ठले आफ्नो कार्यकालमा अध्यागमन विभागभित्रको दलाली र सेटिङ हटाउने प्रयास गरेको स्मरण गर्दै हालको सरकारले त्यसलाई उल्टो संरक्षण गरिरहेको आरोप लगाए । उनले हालको सत्ता गठबन्धनले जनतालाई सुशासन दिन नसकेको टिप्पणी गर्दै भने, “जनतामा नि...
भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा र बागमती गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रम जेष्ठ १० गतेदेखि १४ गतेसम्म सञ्चालन भएको हो । समापन कार्यक्रम नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलानले सभाध्यक्ष तथा  बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको हो । पालिकाका उपाध्यक्ष तिमल्सिनाले कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै तामाङ भाषामा विद्यालय तहदेखि उच्च तहसम्म शिक्षा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । यसै गरी सभाध्यक्ष घलानले भाषाको संरक्षणले मात्र समुदायको पहिचान स्थापित हुने उल्लेख गर्दै विद्यालय तहमा मातृभाषामा शिक्षा दिनु बच्चाको हृदयसम्म पुग्नु भएको बताउनुभयो । प्...
मंगोल नेसन अग्रनाईजेसन मकवानपुरद्धारा १८ औं गणतन्त्र दिवस मनाईयो

मंगोल नेसन अग्रनाईजेसन मकवानपुरद्धारा १८ औं गणतन्त्र दिवस मनाईयो

Breaking news 3, प्रमुख समाचार, राजनीति, समाचार
मकवानपुर, हेटौंडा /  मङ्गोल नेसन अग्रनाईजेसनले १८ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरमा भव्य कार्यक्रमको आयोजना गर्दै गणतन्त्रप्रति श्रद्धा र सम्मान व्यक्त गरेको छ। हेटौंडा–२ स्थित कालिका पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रम मङ्गोल नेसन अग्रनाईजेसन मकवानपुरका जिल्ला अध्यक्ष कर्ण बहादुर मोक्तानको सभाध्यक्षता तथा केन्द्रिय सर्वोच्च सभा सल्लाहकार दिलिप रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमअघि हेटौंडा बजारमा विविध रंगका झाँकीसहित एक सांस्कृतिक र्‍याली आयोजना गरिएको थियो । र्‍यालीमा सहभागीहरूले तामाङ समुदायको मौलिक पहिरनमा सांस्कृतिक झल्को प्रस्तुत गरेका थिए । बजार परिक्रमा गर्दै गरिएको यस र्‍यालीले गणतन्त्रको महत्व र संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्य बोकेको थियो । कार्यक्रममा संविधानको मर्म, गणतन्त्रको ऐतिहासिक पृष्ठभूमि र यसको वर्तमान सन्दर्भमा संरक्षणबारे विविध...
आँचल साहित्य मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने

आँचल साहित्य मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने

Breaking news 3, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / आँचल साहित्य कला पुञ्ज मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १७ गते कार्यक्रम हुन सम्बन्भमा जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा आयोजना हुने सो कार्यक्रममा विभिन्न बहस, परामर्श, कविता वाचन तथा सम्मान–पुरस्कार वितरण कार्यक्रम रहने संस्थाकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाका अनुसार यस वर्षे अक्षयकोषबाट प्रदान हुने पाँचवटा सम्मानहरू स्थगति गरिएको छ । तथापि विभिन्न क्षेत्रमा सक्रिय प्रतिभालाई प्रोत्साहन गर्न चार जनालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने बताईएको छ । मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार–२०८१ तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयमा अध्ययनरत जैसे बनाललाई प्रदान गरिने अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ । शिक्षासेवी देवप्रसाद श्रेष्ठद्वारा स्थापना गरिएक...
माओवादी मकवानपुरको प्रथम विस्तारित  भेला सम्पन्न, वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा संघर्षका तीनवटै मोर्चा समन्वय गर्दै समाजवादको आधार तयार पार्ने धारणा

माओवादी मकवानपुरको प्रथम विस्तारित भेला सम्पन्न, वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा संघर्षका तीनवटै मोर्चा समन्वय गर्दै समाजवादको आधार तयार पार्ने धारणा

Breaking News 2, Uncategorized, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइजको सभा हलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व पार्टी मकवानपुर अध्यक्ष भिम पाख्रिनले गर्नुभएको थियो ।   कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यक्रममा पार्टीले अहिले सदनलाई मुख्य सङ्घर्षको मोर्चा बनाएर सडकसँग जोडेर जनसम्पर्क अभियान अघि बढाउने बताउनु भयो । उहाँले भने हामी सडक, सदन र सरकार तीनवटै मोर्चालाई सँगसँगै अघि बढाउने योजना रहेको बताउनु भयो । पार्टीले २०८४ सालको निर्वाचनलाई लक्षित गरी सरकारको नेतृत्वमा पुगेर सामाजिक आर्थिक रुपान्तरण गर्ने योजना बनाएको बताउनु भयो । सरकार आफैँ सङ्घर्षको मुख्य मोर्चा बन्नुपर्ने र त्यसका लागि स्पष्ट योजना र नीति आवश्यक रहेको बताउनु भयो । रणनीति र कार्यनीतिमा स्पष्टता र क...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"