माओवादी मकवानपुरको प्रथम विस्तारित भेला सम्पन्न, वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा संघर्षका तीनवटै मोर्चा समन्वय गर्दै समाजवादको आधार तयार पार्ने धारणा

Advertisement

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइजको सभा हलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व पार्टी मकवानपुर अध्यक्ष भिम पाख्रिनले गर्नुभएको थियो ।

 

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यक्रममा पार्टीले अहिले सदनलाई मुख्य सङ्घर्षको मोर्चा बनाएर सडकसँग जोडेर जनसम्पर्क अभियान अघि बढाउने बताउनु भयो । उहाँले भने हामी सडक, सदन र सरकार तीनवटै मोर्चालाई सँगसँगै अघि बढाउने योजना रहेको बताउनु भयो ।

पार्टीले २०८४ सालको निर्वाचनलाई लक्षित गरी सरकारको नेतृत्वमा पुगेर सामाजिक आर्थिक रुपान्तरण गर्ने योजना बनाएको बताउनु भयो । सरकार आफैँ सङ्घर्षको मुख्य मोर्चा बन्नुपर्ने र त्यसका लागि स्पष्ट योजना र नीति आवश्यक रहेको बताउनु भयो । रणनीति र कार्यनीतिमा स्पष्टता र कार्यकर्ताबीच एकमत हुनु जरुरी रहेको बताउनु भयो । राजनीतिक परिवर्तनलाई जनताको जीवनस्तर सुधार्ने माध्यम बनाउनु पर्ने बताउनु भयो । विकास र समृद्धिको प्रतिफल जनताले अनुभूति गर्न पाउनु अहिलेको मुख्य लक्ष्य रहेको बताउनु भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शालिकराम जम्मकटेल, कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य तथा पार्टी प्रदेश सचिवालय सदस्य प्रेम बहादुर पुलामी ‘छिन्तु’, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, जिल्ला इन्चार्ज विजय गौतम लगायत नेताहरूको उपस्थित थियो।

करिब ३५० जना नेताकार्यकर्ताहरूको सहभागिता रहेको भेलामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार, भावी रणनीति र पार्टीको मार्गदर्शनबारे गम्भीर छलफल गरिएको आयोजकले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"