मैले काशी लिन नसकेकोमा क्षमा प्रार्थी छु बाउजु !

Advertisement
*
* वाशिष्ठ

कहिले काँहि शिक्षा दिने गुरुले गलत शिक्षा दिएको छ भने त्यो सुन्दा पनि सुगा रटाई गलत रटिएको हुन्छ । एक भाष्य गलत पढाइएको छ – फलानो मण्डले ,.. फलानो राजावादी, फलानो दक्षिणपन्थी, फलानो भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद आदि । खासमा मुलुकमा कसको कति योगदान छ ? केही थाहा छैन अनि अर्को आफ्नै ज्ञानले नबुझ्दासम्म गलत पनि सही लाग्छ । मलाई पनि हाम्रा चाडबाड संस्कृतिलाई गलत भाष्य रूढिवादी भनेर गर्न पर्ने मतमा म पनि कहिलेकाहीँ लाग्छ किन लोकाचारलाई ऋण लगाई लगाई गर्नु ?

२०५० माघ १८का दिन म १४ वर्ष पुगेर १५ लाग्दा बाउजुले छोडेर गए । भोलिपल्ट कर्णाली चिसापानीमा शव जलाउन ल्याइयो । सबैले मलाई क्रिया गर्न सक्दैन भने । अनि माइला बाउजु बस्नु भयो । मलाई जसरी पनि बसालेको भए मैले त्यसै दिनबाट पिण्ड लडाउन अभ्यस्त भैसकेको हुन्थे ।  माइला बाउजुले अभिभारा बोकेकाले मलाई त्यो आइ परेन र आजसम्म आई लागेको छैन । कारण, बाजेको तिथि चतुर्थी बुवाको पनि चतुर्थी एउटै घरमा, दुई श्राद्ध गर्न भएन । माइला बाउजु आजसम्म मूल घरको कर्ता हुनु भयो । त्यसैमा २०५९मा कान्सा  बाउजु थपिनु भयो त्यो दिन पनि त्यही मिलायौँ ।
 मेरा बाउजुको श्राद्ध म  छुट्टै गर्छु भन्न पनि भएन । एउटै घर एउटै चुलो भए पछि बाउजुको कर्ता हुने सम्म हामी भएनौ । बाउजुको औपचारिक पिण्ड मैले दिन परेन ।
यस्तै अलि अलि यो लाल सलाम पार्टीमा विचार बोकेपछि यो पार्टीको स्कुलिङ भनेको प्रगतिशील, प्रगतिवादका नाममा  मृत्यु संस्कार सुधार गर्न बहस गर्न लागे, विभिन्न विद्धानहरू । हामी पनि त्यही लै लैमा लाग्यौँ ।
आफ्नै आर्य संस्कृतिको पितृ देवतालाई पनि नसम्झने लाल सलाम गर्ने फोटोमा टीका लाउने गर्न लागे । त्यो आधुनिक बेसरी गतिलो हो भन्ने भाष्य निर्माण भयो । हाम्रो गरुड पुराण गलत छ भने त्यसलाई सच्याऊ । हामी गलत भनिरहेका छौँ त ? मेरा बाको आर्थिक समस्याका कारण शालङ्कार गरिएन । आमालाई ऋण लागे पनि म तिर्दा हुँ छोरा छदै थिए । ऋण लागे लाग्दो हो भनेर अझ मन पोलेको छ । पहिला त मलाई पनि गरिदिएनन् लाग्यो । अलि पछि यही मृत्यु संस्कार सुनेपछि ठिकै गरेछन् लाग्यो । अहिले यी आफै सबै गर्छन् अनि अरूलाई भड्काउँछन् भन्ने लागेको छ । वर्तमानका प्रगतिवादीको चाला हेर्दा स्पष्ट हुन्छ । पितृलाई काशी लिने भन्ने थियो । त्यसमा म अलि अड्डी थिए, ‘काशी हैन बरु म पशुपतिनाथ लिन्छु काशी जाने जाऊ भने म जान्न भनेर गएन ।’
 सन्जोगले आजसम्म मैले औपचारिक पिण्ड दिएको छैन तर पितृलाई पशुपतिमा लगेको छु । त्यो पनि पिण्डबाट आत्मसन्तुष्टिका लागि होइन । मैले हाम्रा लालुका राष्टगुरु योगी नरहरि नाथका उत्तराधिकारी गुरु श्रीनाथका हातबाट भस्मको टीका लगाएर पितृ ऋण तिर्नलाई बिहानै शुद्ध भएर भाइ खेम र म पशुपति गयौँ । नाथजीको समाधिमा चरण वन्दना गर्‍यौँ ।
गुरु श्रीनाथले भस्म र केशरीले टीका लगाएर हाम्रा भएभरका  पितृलाई वैकुण्ठ पठाइदिनु भयो । हामी त्यहाँबाट बानेश्वर आएर भान्जीलाई दान दक्षिणा गर्‍यौ । अनलाइन खबरमा मित्र खेमराज ओलीको आतिथ्य चिया गफ गरेर हामी ललितपुरको महालक्ष्मी थान आयौ । अनि आमा शारदाको चरण वन्दना गरेर खेम भाइ र म छुटियौ । त्यहाँबाट कलङ्की आएर बहिनी जानकीकहाँ आएर भान्जीलाई ज्ञानी बनाएँ । मैले उनलाई मंकी भान्जी नाम राखेको छु । तर आज ज्ञानी बनाए । दान गरे अनि म कीर्तिपुर कोठातर्फ हिडें ।
मित्र विपिनबाट गीता ल्याएँ । दिदी दुर्गाको समिप्यता प्राप्त गरे । बाटोमा पर्ने तरकारी पसल, पानी पसल, पुस्तक पसल, हनुमान घाटमा बस्ने फुपूकी छोरी बहिनी सबैलाई भेटेर म दुर्गा बहिनीकोमा पसेर राम श्रेष्ठको मेडिकलबाट औषधि लिएर म कोठामा पसे । घरबेटी बा दुवालको औषधि बजार गएर औषधि ल्याउन गएँ । नयाँबजार, उर्मिला बहिनीले खाना खाएर मात्रै जाने भनेकाले कोठामा आएर खाना पकाउनु परेन । घरमा, दुवाल दालाई औषधि खुवाएर भर्खर यो किबोर्ड छोए । अनि आजको कथा दैनिकी लेखेन भने बिर्सने भएकाले म पनि छुन लागे ।
कथा कताबाट लेख्नु ? बाहिर हिँडे मात्रै मतलब गरिने रहेछ । मैले पशुपतिदेखि मेरो निवास सम्म हेर्दा मैले हेलो हाई गर्ने मान्छे सयौँ कमाएको रहेछु । यस्तैमा संस्कार न हो । बहिनी कोकु, म दाजु बाहिर छ भनेर आउन लागेको आउन पाइनन् । यसरी सबै भाइ बहिनी आफन्त जम्मा हुँदा काठमाण्डौमा १५ देखि २० जना सहजै जुट्ने आफन्तको लिस्ट मेरो पनि भएछ ।
 कोठामा बोलाऊ दुई जना अट्दैनन् । फेरी बाबुको तिथिको दिन भान्जी बहिनीलाई कोठामा बोलाएर खुवाउने ठाउँ छैन । पाप लागे पनि सामान जुटाएर पकाउन लगाएर दक्षिणा उनकै निवासमा दिएर हामी दुई भाइ हिँड्यौ ।
रगतको एउटै कोखमा बसेर मात्रै आत्मीयता हुन्छ भन्ने गलत छ । मानवीयतामा पनि त्यो भन्दा बढी आत्मीयता हुन्छ । काठमाण्डौमा खुलेर लाडेली प्यार गर्ने बहिनी शब्द उच्चारण र दाजु भन्ने मान्छे नभएपछि मैले २०७३को जन्मदिनको दिन, ‘आजबाट तपाई बहिनी’ भनेर म्यासेज गरेको सरु आस्था आजसम्म कोखबाट जन्मेको भाइ बैनीभन्दा बढी आत्मीयता छ । आज बिहानै लामो संवाद गर्‍यौँ । यहाँ सुदूरपश्चिमको बाटोमा भेट भएकी तिनै नानी उर्मिलाले अघि नयाँ बजारमा भेट भएपछि खाना नखाएर आउन दिइनन् । यसरी हुन्छ मानवीयताको सम्बन्ध ।
रगतले मात्रै दाजुभाइ दिदी बहिनी भइँदैन । पल्लो कोठामा नानीहरू बस्छन् । बाले के गरे ? म ढिला आएँ खाना खायो कि  नाइँ ? भनेर सोध्छन् । ज्ञानु दिदी जुम्ला जानु भएको छ । अहिले घरबेटी बासँग राजनीतिदेखि सबैका कुरा गरियो ।
एउटा प्रसङ्गमा गोपाल प्रसाद रिमालको नाम आउँदा कुनै रिमालका कार्यक्रममा दुवालको नाम पनि किन उच्चारण कतै गरिँदैन ? मलाई सड्केको छ । एक जुगमा एक दिनको सङ्गीतकार त दुवाल हुन् । यस गीतका सङ्गीतकार दुवाल हुन् भनेर भन्न पनि कति असहज होला ।
 मलाइ अहिले यहाँ लेख्न असहज मानिरहनु पर्ने केही छैन । यो वर्ष दुवाललाई  हामीले कसैलाई हल्ला नगरी ‘चिताबाट जल्दै गरेको चिताबाट फर्काएर घरमा ल्याएका छौँ ।’ तर हामीले हल्ला गरेनाँै कानमा आत्मीय मनको कानमा पुगेको हुँदो रहेछ ।
 अस्ति बाहिर देख्दासाथ पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले दुवाललाई कस्तो छ ? भनेर मलाई सोध्नुभयो । मलाई त्यहाँ बस्छ भन्ने नोटिस  रहेछ । अनि मेरो स्वास्थ्य लाभ सुनाइदिनु होला भन्नु भयो ।
दुवालको आजको योगदान नखोजे पनि हिजोको योगदान  आवश्यक छ । उनले अँगालेको पार्टीले उनको आजको नभए पनि हिजोको योगदानको कदर गरोस् । उनको योगदानलाई लिपिबद्ध गरोस् । दुवालले अँगालेको पार्टीको देशव्यापी प्रदेश सम्मेलन चलिरहँदा, यही च्यासलमा बन्द सत्र र भृकुटी मण्डपमा उद्घाटन समारोहको वासना हैन हामीकहाँ गन्ध पनि पुगेन । के दुवाल प्रदेश सम्मेलनमा आउन योग्य मान्छे होइनन् ? के दुवाल प्रतिनिधि हुन अयोग्य नै हुन् ? हिजो रगत र शक्ति हुँदा चाहिने अहिले प्रतिनिधि बनाएका छौँ आउनुहोला भने के जान्थ्यो ? एउटा गीत पनि गाउनुपर्ने हो दाइ भनेको भए दाजु दश बित्ता उफ्रेर आइहाल्नु हुन्थ्यो । अनि, कुरुवा म नआई सुखै थिएन ।
यस्तै परिवेशमा हामी कति अपमानको मैदानमा रहने । अब हामी निराश हुनु छैन । फेरी पनि गङ्गा सरले भनेको ‘स्वास्थ्य लाभ’को खबरले दाजु उत्साहित हुनुभयो । मैले यस्तै गरी कम्तीमा भेटघाट गरेर ‘हामी छौँ निराश नहुनु’  भनेर त भनिदेऊ भनेर धेरैलाई भने । बिरामी भएको बेला करोडौँ रुपियाँ लागे पनि बचाइन्छ दाजु चिन्ता नलिनु भनेर गोप्य सल्लाह गरेको कुरा पनि लेख्छु ।
रेडियो नेपालकी पत्रकार यशोदा अधिकारी र मैले, दुवाल दालाई आर्थिकले सताउने भयो भने यसलाई सकारात्मक रूपले सन्देश जाने गरी मिडियामा लिने भनेर सल्लाह गरेका थियौँ तर दाजुले अहिले मिडियामा नहालेस् भन्दा हालिएन ।
मैले महासङ्घ नामको कार्यालयमा गएर दुवाललाई अस्पतालमा कुरेका छौँ इच्छा हुनेले भेटघाट गर्दा हुन्छ  भनेर जानकारी गरेपछि प्रा.डा. जीवेन्द्रदेव गिरी र यशोदा अधिकारी आएर भेटेर जानु भयो । एक हप्ता मोडेल अस्पतालमा राखेर साँच्चै हामीले चिताबाट घर ल्याएका हो शब्द तितो भए पनि मैले लेखे । शरीरको कुनै भाग सद्दे छ भन्दैनन् डक्टर शाव । क्यान्सरको सङ्केत सम्म दिन्छन् । नआत्तिएर भयो धन्न केही रहेनछ । अहिले स्वास्थ्य लाभ गरिरहनु भएको छ । कसैलाई दुवालको योगदानको चर्चा गर्न मन लागे गरे हुन्छ भेट गर्न मन लागे भेटे हुन्छ ।
बिचमा म बहकिए कता गए गर्न खोजेको अर्के हो । मृत्यु संस्कार सुधारको कुरा ।  सुधार गरौँ । तर हामीलाई गलत भाष्य पढाएर पश्चिमाको शैली अपनाएर हाम्रो आर्यन संस्कृति सकेर भित्रभित्रै क्रिश्चियनको प्रभाव बढ्दै गएको अवस्था छ । मृत्यु संस्कार रुपान्तरणकाे नाममा क्रिश्चियन भित्र्याउनु भन्दा रूढ भए पनि हाम्रो पिण्डले आत्म शान्ति हुन्छ, गर्नेलाई गर्न दिऔँ । त्यो संस्कृति हो, जनविश्वास त्यही छ भने त्यो जबरजस्त नतोडौँ ।  भाइ वासुदेवले मेरो घरको गर्ने भएकाले आफू शुद्ध हुन म काशी गएर पितृलाई तार्न नपाएको ऋण तार्न मत पशुपति नाथ तिर गए ।  पिण्डको कुरामा म अभ्यस्त छैन माइल बुवाले गरी आएकाले मैले दिन परेन । त्यसैले मलाई पनि पिण्ड दिए मात्रै तर्छन् भन्नेमा विश्वास छैन । तर पिण्ड नदिए पितृ तरेनन् भन्नेलाई गर्न दिऔँ ।  किन नकारात्मक रूपमा अरूको आस्थालाई प्रहार गर्ने ?
माथि सँगै भेट हुने रहिछ भने यो वर्षबाट कुलगुरु रामशरण उपाध्याय पनि आएका छन् । माथि त राम्रै बस्ती होला । कहिलेकाहीँ त लाग्छ स्वास्थ्य गाह्रो भएको समयमा मलाई पनि छिटै लैजाऊ भन्ने मन । तर मेरो सपना छ बाउजु । समाजमा केही गरौँ । मैले चितामा जलेका पिताको सिर माथि कुनै दाग लाउने छैन र आजसम्म कुनै कुकर्म गरेको छैन । आजको हजुरको चतुर्थी तिथिको दिनको यही सम्झनामा र हजुरका समकक्षी हरूमा सम्झेर श्रद्धाञ्जली दिए । हजुरको समकालीन दिदी ललितपुर जान पाएको छैन । हाम्री फुपूको जहान ललितपुर जान पाएको छैन त्यो पालो साइँला बाजेको माइली आमा र कान्सा बाउजुको चौदसी तिथिका दिन मिलाउँला भनेको छु ।
 अर्को कुरो तपाइले छोरालाई पण्डित बनाउने भन्ने थियो । कर्मकाण्ड गर्ने पण्डित नभए पनि आम्नु भाषा संस्कृतिको देशको भाषा साहित्यको पण्डित भएको छु । आखिर जसरी पनि हुनु पर्ने पण्डित त हो । भौति लामु भयो माजमा दुवालकन बाबु जत्तिकै मानेर जोडेको छौँ ।
सारमा आम्नु संस्कृतिलाई मान्दा अरूले रुढी भनेर अवहेलना गर्दा राम्रै संस्कार पनि हटेर जाने भएकाले रूढै अनावश्यक छ भने अलि सुधार गरौँ । तर हाम्रो संस्कार रुढीका नाममा प्रगतिवादीका नाममा आफ्नो संस्कार त्यागेर  पश्चिमा क्रिश्चियन भने नबनौँ ।
लेखक :   गोरखापत्र दैनिकका नयाँ नेपाल संस्करणका खस जुम्ली भाषाका संयोजक हुन् ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"