Day: ३ वर्ष अगाडि

सेयर बजारमा सुधार, कारोबार रकम भने अझै सुस्त

सेयर बजारमा सुधार, कारोबार रकम भने अझै सुस्त

अर्थ
का ठमाडौँ, १७ असोज । सेयर बजारमा बुधवार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अङ्कमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन । चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर अहिलेसम्म बजारमा यसको उत्साह देखिएको छैन । वर्ष दिनको कमाइबाट सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरेका हुन्छन् । बजारको आगामी यात्रा भने नीतिगत सुधार, बैङ्क ब्याजदर तथा लगानीकर्ताको मनोबल कस्तो रहन्छ, त्यसैमा निर्भर हुने देखिन्छ । अल्प कालमा बजारमा उता...
सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

समाचार, सुरक्षा र कुटनिती
    काठमाडौँ, १७ असोज । भेपमार्फत् ९ सुन तस्करी प्रकरणमा एक जना थप एक जना पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।...
१९ औँ एसियाड ः टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन २ रनले चुक्यो मलेसिया

१९ औँ एसियाड ः टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन २ रनले चुक्यो मलेसिया

Breaking News 1, खेलकुद
चिन, १७ असोज । टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन मलेसिया २ रनले चुकेको छ । आश्विन १७ गते  बङ्गलादेश र मलेसियाबिचको क्वाटर फाइनल खेलमा मलेसियालाई २ रनले  हराउँदै बङ्गलादेश, सेमिफाइनलमा पुगेको हो ।  सुरुमा बेटिंग गर्दै बङ्गलादेशले ११६ रन बनायो । त्यो देशका लागि सेफ हसनले ५० रन हानेका थिए । बङ्गलादेशलाई सस्तोमा समेट्न मलेसियाका पवनदिप सिंहले ४ ओवरमा १२ रन दिएर २ विकेट लिएका थिए । लक्ष्यलाई पछ्याउने क्रममा मलेसियाका विरेनदिप सिंहले ५२ रन बनाए ।...
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

समाचार
विराटनगर, १७ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रवार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् ।   कार्य व्यवस्था परामर्श समितिको बैठकमा  उनले १९ असोज शुक्रवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ ।   २२ भदौमा प्रदेशसभाको ठुलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।...
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुरक्षा र कुटनिती
काठमाडौँ, १७ असोज। बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्य विनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय गोकुल थापालाई प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।...
मैले काशी लिन नसकेकोमा क्षमा प्रार्थी छु बाउजु !

मैले काशी लिन नसकेकोमा क्षमा प्रार्थी छु बाउजु !

विचार/ लेख/रचना/ साहित्य
* * वाशिष्ठ कहिले काँहि शिक्षा दिने गुरुले गलत शिक्षा दिएको छ भने त्यो सुन्दा पनि सुगा रटाई गलत रटिएको हुन्छ । एक भाष्य गलत पढाइएको छ – फलानो मण्डले ,.. फलानो राजावादी, फलानो दक्षिणपन्थी, फलानो भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद आदि । खासमा मुलुकमा कसको कति योगदान छ ? केही थाहा छैन अनि अर्को आफ्नै ज्ञानले नबुझ्दासम्म गलत पनि सही लाग्छ । मलाई पनि हाम्रा चाडबाड संस्कृतिलाई गलत भाष्य रूढिवादी भनेर गर्न पर्ने मतमा म पनि कहिलेकाहीँ लाग्छ किन लोकाचारलाई ऋण लगाई लगाई गर्नु ? २०५० माघ १८का दिन म १४ वर्ष पुगेर १५ लाग्दा बाउजुले छोडेर गए । भोलिपल्ट कर्णाली चिसापानीमा शव जलाउन ल्याइयो । सबैले मलाई क्रिया गर्न सक्दैन भने । अनि माइला बाउजु बस्नु भयो । मलाई जसरी पनि बसालेको भए मैले त्यसै दिनबाट पिण्ड लडाउन अभ्यस्त भैसकेको हुन्थे ।  माइला बाउजुले अभिभारा बोकेकाले मलाई त्यो आइ परेन र आजसम्म आ...
बाढीमा परेर २३ सैनिक बेपत्ता

बाढीमा परेर २३ सैनिक बेपत्ता

Breaking News 1, अन्तर्राष्ट्रिय
काठमाडौँ, १७ असोज । भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा बुधवार बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बङ्गालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ । सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको हो । छ । बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ । सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ ।...
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्कासन गर्ने

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्कासन गर्ने

अर्थ
काठमाडौँ, १७ असोज । मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ जारी गर्न लागेको हो । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ रहेको छ । क्रेड...
एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

Breaking News 1, खेलकुद
काठमाडौँ, १७ असोज । नेपाली महिला कबड्डीले कांस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (एसियाड)मा नेपाली महिला टोलीले कम्तीमा एक पदक सुनिश्चित गरेको हो । आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बङ्गलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो । एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।...
विद्यार्थीको क्षमता विकास गर्न  नौलो कार्यक्रम

विद्यार्थीको क्षमता विकास गर्न नौलो कार्यक्रम

शिक्षा
भैरहवा, १७ असोज । विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्दै सहकार्यको भावना मै रही आफैमा प्रतिस्पर्धात्मक बनाउन भैरहवामा आठौँ हब सम्मेलन भएको छ । क्वेस्ट नेपाल सिद्धार्थ हबको आयोजनामा स.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औँ सम्मेलन भैरहवाको श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा भएको हो । देशभर विभिन्न निजी क्षेत्रका विद्यालयहरूको सहभागितामा २५ वटा हब रहेकोमा नेपालकै एक मात्र सामुदायिक विद्यालयहरूको सक्रियतामा सिद्धार्थ हब गठन भएको छ । १० वटा सामुदायिक विद्यालय रहेको सिद्धार्थ हब अन्तर्गतका ६ वटा विद्यालयको विद्यार्थीको सहभागितामा सम्मेलन भएको छ ।  विद्यार्थीहरूको शैक्षिक महोत्सवको रूपमा रहेको एस.क्यु.सी.(विद्यार्थी गुणीय चक्र) सम्मेलनमा पर्यवेक्षकको रूपमा रुपन्देहीका ३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतिस्पर्धात्मक यो सम्मेलनमा सहभागी विद्यालयहरू...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"