हेटौंडा/ मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा लडेर एक वृद्धाको मृत्यु भएको छ ।

ईन्द्रसरोवर ४ वडा नम्बर– भाङखोलामा बाटोमा हिड्दै गरेका ७१ वर्षिय पदम बहादुर गोलेको मृत्यु भएको हो । आफ्नै घर देखी एक सय मिटर पश्चिम तर्फ गोरेटो बाटोमा लडी मृत अबस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।





























