शुभराज भोम्जन
दक्षिण कोरिया । लाहुरेको जिवन कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र गोर्खा वारियरको दक्षिण कोरियाको सौलमा प्रदर्शन भएको छ । बाहिङ किरात मुलखिम दक्षिण कोरियाले कोरियाको प्रदर्शणी अधिकार पाएको उक्त चलचित्रले अपेक्षाकृत दर्शकको साथ भने पाउन सकेन ।

केही हप्ता अघि मात्रै नेपालको हलमा प्रदर्शन भएको चलचित्रले नेपालमा भने सन्तोषजनकनै ब्यापार गरेको थियो । बाहिङ किरात सारिखिम निर्माण सहयोगार्थ आर्थिक जुटाउने उद्धेश्यले सौल शो प्रदर्शन गरेको थियो । दक्षिण कोरियमा प्रचार प्रसार भए अनुसार हलमा भने दर्शकको सन्तोषजनक उपस्थिती हुन सकेन ।


अपेक्षाकृत दर्शकको सहभागिता नभएता पनि चलचित्र हेरे पश्चात अधिकांश दर्शकहरुले चलचित्र उत्कृष्ट रहेको प्रतिकृया दिएको थियो । चलचित्र दक्षिण कोरियाको बिभिन्न सहरहरुमा प्रदर्शणीको तयारी रहेको छ । बास्ताबिक कथा बस्तुमा आधारित रहेर लण्डन सिने आइ प्रोडक्सन र चाम्स इन्टरटेन्टमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्रमा क्याप्टेन विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रियर राइ, रेबिका गुरुङ लगायतकाले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् ।






























