हेटौंडा / मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बकैया वडा नम्बर–६ ठुलोसुधाककी ८ वर्षिय पुर्णिमा भोम्जनको भिरबाट लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

स्थानीय सन्दिप भोम्जनको छोरी घरबाट निस्कि हिडेको र खोजतलास गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला परेका थिए । आफ्नै घरदेखी दुइ सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक बनको सुधाभिरबाट लडि मृत अवस्थामा फेला परेको जनाएको छ ।





























