राजनीति

जनता समाजवादी नेपाल मकवानपुरमा विवाद

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा - जनता समाजवादी नेपाल मकवानपुरको जिल्ला अधिबेशनको बिषयलाई लिएर विवाद भएको छ । बिधि विधान र बिना जानकारी मनोमानी ढंगले अधिवेशन गर्न लागिएको भन्दै विरोध भएको हो । बिहिबार पत्रकार सम्मेलन सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष सोमबहादुर घलानले सशक्त ढंगले आफ्नो गतिबिधि अगाडी बढाइरहदा पनि केन्द्रिय उपाध्यक्ष विद्युत बज्राचार्यले व्यक्तिगत रिस साँधि पार्टीलाई जबर्जस्त आन्तरिक विवादमा फसाई लथालिङ्ग पारिदिएको आरोप लगाउनुभएको छ । मनोमानी पूर्ण ढंगले व्यक्ति केन्द्रित हुने अधिवेशनको घोर भत्सर्ना गर्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । संगठन विभागको विधिलाई समेत बेवास्ता गरी केही अराजक तत्वहरु जिल्ला अधिवेशन गराउन लागिपरेकोले त्यस तर्फ सचेत रहन पनि आग्रह गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष सोम बाहादुर घलान, सचिव दिपक सिन्तान सहितको हस्ताक्षरित प्रेस विज्ञप्तिमा विवादित का...
आदिवासी जनजाति महासंघद्वारा राजदूत तुम्वाहाम्फे समक्ष ज्ञापन पत्र एवं ध्यानाकर्षण पत्र बुझाइयो

आदिवासी जनजाति महासंघद्वारा राजदूत तुम्वाहाम्फे समक्ष ज्ञापन पत्र एवं ध्यानाकर्षण पत्र बुझाइयो

Breaking News 1, प्रमुख समाचार, प्रवास, राजनीति
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा महासंघ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध संघ-संगठनहरूले नेपालमा भइरहेको मुक्कुमलुङ केवलकार परियोजनासम्बन्धी विवाद र त्यसका क्रममा भएको राज्यपक्षीय हस्तक्षेप तथा दमनको विरोधमा ज्ञापन पत्र बुझाएका छन्। आइतबार, नेपाली राजदूतावास, सौल दक्षिण कोरियामा उपस्थित भई महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फे मार्फत नेपाल सरकारलाई सम्बोधन गरिएको ज्ञापन पत्र हस्तान्तरण गरिएको हो। साथै, केही समयअघि आत्माहत्यागरी ज्यान गुमाएका तुलसी पुन मगरको घटनाको छानबिन र न्याय सुनिश्चित गर्न माग गर्दै विशेष ध्यानाकर्षण पत्र पनि बुझाइएको छ। ज्ञापन पत्र बुझाउने टोलीको नेतृत्व महासंघका संरक्षक लोचन राई तथा वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनले गर्नुभएको थियो। साथै, महासंघमा आबद्ध जातीय संस्थाका अध्यक्षहरू, सल्लाहकारहरू, तथा अन्य सरोकारवालाहरू ...
भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने – प्रचण्ड

भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने – प्रचण्ड

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा / पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने बताएका छन् । बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको पूर्व प्रधानमन्त्री प्रचण्डले बताए । देशबाट भ्रष्टाचारको अन्त्य भएमात्र सामाजिक न्याय स्थापित गर्न सकिने उनको भनाई छ । अध्यक्ष प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको समेत दाबी गर्नुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार रहेको समेत उहाँले उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा ...
रवि लामिछानेमाथि कति वर्ष कैद मागदावी ?

रवि लामिछानेमाथि कति वर्ष कैद मागदावी ?

Breaking news 3, प्रमुख समाचार, मुख्य समाचार, राजनीति
 काठमाडौं । सरकारी वकिलको कार्यालय, कास्कीले रवि लामिछानेलगायत विरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा मूलतः लामिछानेलगायतको समूहमाथि सहकारी ठगीको अभियोग लागेको छ ।   सहकारी ठगी गरेबापतको रकम विभिन्न व्यक्तिको खातामा परिचालन गरी आफूले समेत लाभ लिएको भन्दै सरकारी वकिलले उनीमाथि सम्पत्ति शुद्धीकरणको अभियोग लगाएको हो । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथि संगठित अपराधको अभियोग समेत छ । तर संगठित अपराधको आरोपमा छुट्टै मुद्दा दर्ता हुँदैन । कुनै अपराध गर्दा तीन वा त्यो भन्दा बढीको समूह मिलेर योजनावद्ध र संगठित रुपमा अपराध गरेमा मूल सजायमा थप ५० प्रतिशत कैद हुनुपर्ने मागदावीसहित संगठित अपराधको अभियोग लगाइएको हुन्छ । आरोपपत्रमा रवि लामिछानेमाथि आफैले ३ करोड ३७ ला...
दक्षिण कोरियाकोे राष्ट्रपति युन सुक येओल विरुद्धको महाभियोगबारे सुनुवाइ प्रक्रिया सुरू

दक्षिण कोरियाकोे राष्ट्रपति युन सुक येओल विरुद्धको महाभियोगबारे सुनुवाइ प्रक्रिया सुरू

Breaking News 2, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रविधि, शिक्षा, समाचार
सोल / दक्षिण कोरियाकोे राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोगबारे संवैधानिक अदालतले सुनुवाइ प्रक्रिया सुरू गरेको छ । सैनिक शासन घोषणा गरेको र देशलाई राजनीतिक उथलपुथलमा डुबाएको आरोपमा राष्ट्रपति युनविरुद्ध शनिबार महाभियोग प्रस्ताव संसदबाट पारित भईसकेको छ । संसद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै निलम्बनमा परेका युनलाई हटाउने वा पुनर्बहाली गर्ने विषयमा ९ सदस्यीय अदालतले निर्णय लिनेछ । त्यसका लागि अदालतसँग अब ६ महिनाको समय बाँकी छ । पद रिक्त भएको खण्डमा भने ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनुपर्ने व्यवस्था रहेको छ । छिमेकी देश उत्तर कोरिया र देशभित्रकै केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको दाबी गर्दै उनले सैनिक शासन लगाउनुपरेको बताएका थिए । राष्ट्रपतिले सैनिक शासन लागू गरेको केही समयमै सेनाले एउटा आदेश जारी गर्दै संसद्का गतिविधि र राजनीतिक प्रदर्शनमा प्रतिबन्ध लगायो । व...
अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

Breaking News 2, अन्तर्राष्ट्रिय, अपराध/ अनुसन्धान, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, समाचार
काठ्माउडौँ/ अमेरिकाको विस्कन्सिन राज्यमा एक छात्राले गोली हानेर दुईजनाको हत्या गरेकी छिन् । एक विद्यालय भएको घटनामा ६ विद्यार्थी घाइते भएका छन् । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने आक्रमणकारी १७ वर्षीय किशोरी रहेको समाचारमा उल्लेख छ । उनले गोली चलाउनुको कारण खुलेको छैन । परिवारको सहयोगमा प्रहरीले ती आक्रमणकारी युवतीमाथि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।...
कार्की १७६ मत प्राप्त गर्दै एमाले हेटौंडा उपमहानगर कमिटि अध्यक्षमा विजयी

कार्की १७६ मत प्राप्त गर्दै एमाले हेटौंडा उपमहानगर कमिटि अध्यक्षमा विजयी

Breaking News 2, राजनीति, समाचार
हेटौंडा/ एमाले उपमहानगरको दोस्रो अधिवेशनमा उपमहानगर कमिटि अध्यक्षमा बोलबहादुर कार्कीले १७६ मत प्राप्त गर्दै विजयी भएको हो ।  कार्कीका निकट्तम प्रतिस्पर्धी जनरल श्रेष्ठले १३३ मत प्राप्त गरेका थिए । यसै गरी उपाध्यक्षमा राजकुमार बास्तोला १४३ मत सहित विजयी भएका छन् । अन्य उपाध्यक्षका उम्मेदवार धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत ल्याए । सचिवमा शान्ता गौतम १९७ मत सहित विजयी बन्दा निकटतम प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत ल्याए । उपसचिव खुल्लामा शान्तेकुमार तामाङ्ग ७४ मत सहित विजयी बने । अन्य उपसचिवका उम्मेदवारहरु सुरेश मिजारले ६७, कवि रेग्मी ४१, भीम तिमल्सिना ३४, शिवबहादुर थापा ३९, र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याए । उपसचिव महिलामा चन्द्रावती पनेरु १४६ मत सहित विजयी बन्दा रन्जिता सिलवाल ७९ र जुना दङ्गालले ६९ मत ल्यादै विजयी भएका छन् ।...
कोरियाका राष्ट्रपति योललाई महाभियोग पारित, पदबाट निलम्बन

कोरियाका राष्ट्रपति योललाई महाभियोग पारित, पदबाट निलम्बन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति
दक्षिण कोरिया । राष्ट्रिय सभाले शनिबार, राष्ट्रपति युन सुक योललाई मार्शल ल घोषणामा महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ । सत्तारूढ पीपुल पावर पार्टीका केही सांसदहरूले उनको पदबाट हटाउनको समर्थनमा सामेल भएपछी युन विरुद्धको महाभियोग प्रस्तावलाई मतदानमा राखिएको थियो । कुल ३०० मत खसेकोमा २०४ पक्षमा, ८५ विपक्षमा, ०३ अनुपस्थित, र ०८ बदर भोटहरू खसेको छ । यो प्रस्तावको स्वीकृति यूनले अचानक मार्शल ल घोषणा गरेको ११ दिन पछि भएको हो । महाभियोग विधेयक पारित भएपछि, राष्ट्रपतिको रूपमा युनको कर्तव्य तुरुन्तै निलम्बन गरिएको छ, संवैधानिक अदालतले प्रस्तावलाई समर्थन गर्ने वा अस्वीकार गर्ने निर्णय गर्न बाँकी छ। यसैबीच, प्रधानमन्त्री हान डक सूले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन्।...
हेटौंडा -१२ का नवनिर्वाचित वडा अध्यक्ष तिवारील गरे शपथग्रहण

हेटौंडा -१२ का नवनिर्वाचित वडा अध्यक्ष तिवारील गरे शपथग्रहण

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित वडा अध्यक्ष अर्जुन तिवारीले शपथग्रहण गरेका छन् । सोमबार उपमहानगरपालिकामा एक कार्यत्रमका बिच अध्यक्ष तिवारीलाई नगर हालै सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका बाट उम्मेदवारी दिएका उनले विजय हासिल गरेका हुन् । उनले २ हजार ६३ मत प्राप्त गरेका थिए । तिवारीले वडाबासीको हितका लागि सदैव काम गर्ने राजनीतिक पूर्वाग्रह राखेर काम गर्ने परिपाटीको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् उनले वडामा विकासको मुहार फेर्ने गरी काम गर्ने बताएका छन् ।...
हेटौंडा १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तिवारी विजय

हेटौंडा १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तिवारी विजय

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१२ वडाको रिक्त रहेको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसका अर्जुन तिवारीले २०६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । लगातार २ पटक माओवादीले जितेको १२ नम्बर वडा कांग्रेसका अर्जुन तिवारीले खोसे । यसैगरी उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेद्वार रविकुमार प्रधानले १५६० मत ल्याए । नेकपा एमालेका राजेश नगरकोटी तेस्रो भए । उनले १३९८ मत पाए । यसैगरी उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ । १ हजार ३ सय ९८ मत प्राप्त गरे । उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो । यसअघि माओवादीका लिलतबहादुर घलानले जितेका थिए । उनले २०७४ म...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"