राजनीति

रास्ट्रिय युवा संघ हेटौंडा उपमहानगरको अध्यक्षमा  काफ्ले

रास्ट्रिय युवा संघ हेटौंडा उपमहानगरको अध्यक्षमा काफ्ले

Breaking News 1, पालिका, राजनीति, समाचार
हेटौंडा/ राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा अनिल काफ्ले चयन भएका छन् । शनिबार हेटौंडामा भएको राष्ट्रिय युवा संघको भेलामा कार्य समिति चयन गरिएको हो । उपाध्यक्ष पदमा गोबिन्द नेगि, सचीव अर्जुन दुलाल, सह सचीव मनिसा लामा, सह– सचीव सचीन राई, कोषअध्यक्ष बिज्ञान नेपाल गरी ४५ सदस्यलाई कार्यसमितिमा चयन गरिएको हो ।...
बाबुराम पक्षलाई बाइपास गर्दै माओवादी र नेसपाबिच एकता गर्ने सहमति

बाबुराम पक्षलाई बाइपास गर्दै माओवादी र नेसपाबिच एकता गर्ने सहमति

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । बाबुराम पक्षलाई बाइपास गर्दै नेपाल कम्युनिस्ट पार्टी माआवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ । शनिबार माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पमर्टी एकता प्रकृयाबाट एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम भट्टराईलाई भने बाइपास गरिएको छ । बाबुराम पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा रहेका थिए । उनी आजको बैठकमा समेत सहभागी थिएनन् । सहमतिमा माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । बैठकमा नेकपा ९माओवादी केन्द्र० को तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय य...
अनेरास्ववियु मकवानपुरको कार्यालय स्थापना

अनेरास्ववियु मकवानपुरको कार्यालय स्थापना

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ अखिल नेपाल राष्ट्रिय स्ततन्त्र विद्यार्थि युनियन मकवानपुरको कार्यालय बिहिबार स्थापना गरिएको छ । हेटौंडा ५ स्थित नेकपा एमाले पार्टी कार्यालयमा स्ववियुको कार्यालय स्थापना गरिएको हो । अनेरास्ववियु मकवानपुरका अध्यक्ष अमृत बर्तौलाको सभा अध्यक्षता र अनेरास्ववियु केन्द्रिय सदस्य एवंम मकवानपुर जिल्ला ईन्चार्ज भुवन मैनालिको प्रमुख आतिथ्यतामा कार्यालयको स्थापना गरिएको थियो ।...
नवनियुक्त ३ प्रदेश प्रमुखले लिए शपथ

नवनियुक्त ३ प्रदेश प्रमुखले लिए शपथ

Breaking News 1, मुख्य समाचार, राजनीति
काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका छन् । उनीहरुले बुधबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधबार नै पदमुक्त गरेका थिए ।...
राष्ट्रिय सभा समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने

राष्ट्रिय सभा समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने

राजनीति, समाचार
काठमाडौं/ राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतवारको दिन तोकेको जानकारी दिए । अध्यक्ष दाहालले समिति सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन दिएका छन् । ईमेज खबरबाट,...
राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । नेपाल सरकारले सिफारिस गरे अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए विश्वासको मत

Breaking news 3, राजनीति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् । मत विभाजन हुँदा कुल २६८ मत खसेकामा प्रचण्डले १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै प्रचण्डको विपक्षमा ११० मत पर्दा एक सांसद तटस्थ रहे ।  ...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

Breaking news 3, राजनीति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरे पनि पार्टीभित्र विवाद कायमै छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । यद्यपि तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् । टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कांग्रेसका सांस...
अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत

अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौँ । सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो । चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो । तर एक सातापछि एक दल थपिएर मंगलबार एक बुँदा घटाउँदै दलहरूबिच भएको सात बुँदेमा उपाध्यक्ष पदबारे केही उल्लेख गरिएको छैन । एकातिर सत्ता साझेदार दलमा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी थपिनु र यसअघि भएको उपाध्यक्ष पदबारेको बुँदाप्रति केही नखुलाइनुले एमालेबाट उपाध्यक्ष पद एकीकृत समाजवादीतर्फ सरेको बुझिने नेताहरूको भनाइ छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले आठ बुँदेबाहेक अरू सहमति नभएको दाबी गरे । यद्यपि उनले सत्ता साझेदार दलमा आफ्नो पार्टी थपिएको र यस...
राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नारायण दाहाल निर्वाचित

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् । दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् । २०३६ सालदेखि पूर्णकालीन ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"