राजनीति

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नाउपाका चौधरीले गरे दाबी पेस

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नाउपाका चौधरीले गरे दाबी पेस

Breaking News 1, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ / सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति(नाउपा)को कैलाश चौधरी पक्षले प्रमुखसमक्ष दाबी पेस गरेको छ । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन् ।  उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । यसअघि कांग्रेससहितको समर्थनमानाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । कैलाश पक्षधरले एकीकृत समाजवादीको समेत समर्थनरहेको बताएको छ । दोहोरो दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।...
सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने-गृहमन्त्री लामिछाने

सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने-गृहमन्त्री लामिछाने

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएको छ । गृहमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमती गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने शर्त समेत राखे । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानविनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला गृहमन्त्री लामिछानेले भने मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानविन गर्ने कुरा संसदीय मूल्य, मान्यता भित्र नपर्ने जिकिर समेत गरेका छन् । गृहमन्त्री लामिछानेले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानविन समिति बनाएर २०४७ साल यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गर्न तयार हुन पनि कांग्रेससँग प्रस्ताव गरे । उपप्रधानमन्त्री लामि...
नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत

नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत

Breaking News 1, कोशी प्रदेश, राजनीति, समाचार
विराटनगर / नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । तामाङ झापाको क्षेत्र नम्बर १ ९१० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ ९२०बाट निर्वाचित भुपेन्द्र राई थिए । उनले सो पद त्यागेपछि तामाङ मनोनीत भएका हुन् ।...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको दाबी पेश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको दाबी पेश

Breaking news 3, गण्डकी प्रदेश, राजनीति, समाचार
काठमाडौं/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले सभामुख र एक स्वतन्त्र सांसदसहित ३१ जनाको समर्थनमा संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनको दाबी पेशगरेको हो ।६० जना सदस्य रहेको गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रको सभामुखसहित ८, कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।...
नेकपा एमालेबाट सुहाङ नेम्बाङले गराए उम्मेदवारी दर्ता

नेकपा एमालेबाट सुहाङ नेम्बाङले गराए उम्मेदवारी दर्ता

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / इलाम–२मा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता गराएका छन् । आगामी बैशाख १५ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता भएको हो । सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्बाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको हो ।...

अन्ततः लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

Breaking news 3, प्रमुख समाचार, राजनीति, लुम्बिनी प्रदेश
बुटवल । अन्ततः लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए । बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दै उनले प्रदेशको विकास र समृद्धिका लागि अब बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने बताए । चौधरीको राजीनामासंगै नयाँ सरकार गठनको बाटो खुलेको छ । गठबन्धनको भागबण्डामा लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बना...
एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने

एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी ग¥यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो । अनलाईन खबरबाट...
कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा

Breaking news 3, मुख्य समाचार, राजनीति
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए ।  ...
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

Breaking News 1, राजनीति
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् । माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका हुन् । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् । सत्ता गठबन्धनले बहुमत जुटाएर दावी पेस गरे नयाँ सरकार बन्छ । नत्र ठूलो दलको हैसियतले प्रदेश प्रमुखले पाण्डेलाई नै उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्नेछन् ।...
बागमतीमा ४ मन्त्रीले लिए शपथ

बागमतीमा ४ मन्त्रीले लिए शपथ

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, राजनीति
हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रकाशबाहेक अरु तीन जना गत २५ पुसमा शालिकराम जम्कट्टेल मन्त्रिपरिषदकै मन्त्री हुन् । रामेश्वर यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र एकालाल श्रम, रोजगार तथा यातायात मन्त्री थिए । एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो । एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"