बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ अडियो सार्वजनिक
हेटौंडा / मकवानपुरे गायक बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ अफिसियल अडियो सार्वजनिक भएको छ ।
शुक्रबार दिउँसो १२ बजे गायक एवम् संगीतकार साम्तेन मोक्तान अफिसियल युट्युब च्यानलबाट उक्त गीत रिलिज भएकोे हो । साम्तेन मोक्तानको शब्द संगीत रहेको गीतमा चर्चित गायिका निर्मला घिसिङ र बिरु घलानको स्वर रहेको छ । गीतको अरेन्ज सानुबाबु घिसिङले गरेको हो भने गीतको रेकर्ड प्रख्यात थिङले गरेका हुन् ।
गायक लामाले प्रकाश सुनार, शम्भु लामा, निर्माण लामा, माया घलान, राजकुमार आले मगर, पुर्ण दोङ, विशाल आले र सुजन तामाङको पनि महत्वपुर्ण भुमिका रहेको भन्दै उनले धन्यवाद दिए ।तामाङ कलाकार संघ मकवानपुरका सदस्यसमेत रहनुभएका गायक घलान हेटौंडा–१४ स्थित बनेलधाप निवासी हुन् भने गायिका घिसिङ मकवानपुरको बागमती गाउँपालिकाका हुन् । यसअघि दुबै जना गायक गायिकाहरुले आफ्नो हिट गीतहरु गाइसकेका छन् ।
गायक घलानको यो तेस्रो गी...








