गौतम गोलेको दोस्रो कोसेली ‘छ्योर्तेन राम्रो’ सार्वजनिक
दक्षिण कोरिया / गौतम गोले अभिनयमा रहेको दोस्रो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो...’ सार्वजनिक भएको छ । भिडियोमा गौतम र मिनु मोक्तानको मुख्य अभिनयमा रहेका छन् । शनिवार गौतम गोलेको युट्युब च्यानलबाट ‘छ्योर्तेन राम्रो...’ बोलको भिडियो सार्वजनिक भएको हो ।
‘छ्योर्तेन राम्रो...’ गीतमा गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको छ । गौतम गोले पहिलो कोसेली दुई वर्ष अघि ‘म्राङ्सेम खाबा’ ल्याएको थियो ।
भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्क र सहर, बजारमा घुमघाममा मैच्याङहरु भेटेपछिको कथावस्तुमा आधारित बनाएको छ । मैच्याङ (मिनु मोक्तान) लाई भेटेपछि एकतर्फी एक नजरमै प्रेममा परेको पहिलो भेटमै प्रेमको प्रस्ताव गर्दा उनीले अस्वीकार गरेपछि च्याङ्बा (गौतम गोले) निराशपनको अवस्थामा देख्न सकिन्छ । यति मात्रै होइन, भिडियो कथामा सच्चा मायाले प्रस्ताव गरेको थाहा भएपछि मैच्याङले स्वीकार गर्छिन् र दुवै जनाले सुख, दु...







