डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्यो’
काठमाडौँ, कार्तिक १६ गते । ‘धर्म र चाडपर्वलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट नहेर्दा, अन्धविश्वास भनेको सामन्तवाद र विज्ञान भनेको पुँजीवाद हो भन्ने गलत निष्कर्षमा पुगिने’ दर्शनशास्त्री डा.खगेन्द्र प्रसाईँले बताए । ज्ञानशाला अनुसन्धान केन्द्रले कार्तिक १५ गते नयाँबजार स्थित अनुसन्धान केन्द्रको सेमिनार हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा बताएका हुन् ।
पुँजीवादले सबै संस्कृतिलाई एउटा बोरामा हालेर आफू अनुकूल प्रयोग गर्दछ भन्दै डा.प्रसाईँ भन्छन्, ‘मनकामनाको दर्शन गर्दा मनका सबै कामना पुरा हुन्छ भन्ने अन्धविश्वासको बीज रोपेर व्यापक रूपमा विज्ञापन, होटेल व्यवसाय, पर्यटन लगायतका पुँजीवादी नाफालाई प्रोत्साहन हुने गरी व्यापार गरिएको छ ।’ उनी भन्छन्, ‘साँखुको डाँडामा ठूलो शिवको मूर्ति, कुनै ईश्वर भक्तिको आधारमा होइन । पर्यटन उद्योग र जग्गा व्यवसायको स्वार्थको आधारमा बनाइएको हो । लुम्बि...








