समाचार

डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्‍यो’

डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्‍यो’

विचार/ लेख/रचना/ साहित्य, समाचार
काठमाडौँ, कार्तिक १६ गते । ‘धर्म र चाडपर्वलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट नहेर्दा, अन्धविश्वास भनेको सामन्तवाद र विज्ञान भनेको पुँजीवाद हो भन्ने गलत निष्कर्षमा पुगिने’ दर्शनशास्त्री डा.खगेन्द्र प्रसाईँले बताए । ज्ञानशाला अनुसन्धान केन्द्रले कार्तिक १५ गते नयाँबजार स्थित अनुसन्धान केन्द्रको सेमिनार हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा बताएका हुन् । पुँजीवादले सबै संस्कृतिलाई एउटा बोरामा हालेर आफू अनुकूल प्रयोग गर्दछ भन्दै डा.प्रसाईँ भन्छन्, ‘मनकामनाको दर्शन गर्दा मनका सबै कामना पुरा हुन्छ भन्ने अन्धविश्वासको बीज रोपेर व्यापक रूपमा विज्ञापन, होटेल व्यवसाय, पर्यटन लगायतका पुँजीवादी नाफालाई प्रोत्साहन हुने गरी व्यापार गरिएको छ ।’ उनी भन्छन्, ‘साँखुको डाँडामा ठूलो शिवको मूर्ति, कुनै ईश्वर भक्तिको आधारमा होइन । पर्यटन उद्योग र जग्गा व्यवसायको स्वार्थको आधारमा बनाइएको हो । लुम्बि...
प्राइभेट कम्पनीको पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हुँ: बालेन शाह

प्राइभेट कम्पनीको पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हुँ: बालेन शाह

समाचार
काठमाडौँ, १६ कार्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजी कम्पनीले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन्  । मङ्गलवार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्वजनिक गरेका हुन् । ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन’ उनले आफ्नो प्रस्टीकरण दिँदै सामाजिक सञ्जालमा लेखेका छन् । उनले निजी कम्पनीले प्रायोजन गरेको कार्यक्रम प्रति आक्रोश पनि व्यक्त गरेका छन् । ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौँ महानगर बिक्रीमा छैन ।’ उनले अझ अगाडी लेखेका छन्, ‘तपाईँहरूले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ ।’...
राष्ट्रसङ्घीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

राष्ट्रसङ्घीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

Breaking News 1, समाचार
काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुङ्गानाको लेक लागेर मृत्यु भएको छ । गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधवार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुङ्गाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए । तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुङ्गाना भने हिँडेर फर्किदा लेक लागेको हो । मङ्गलवार राति  हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुङ्गानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधवार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।...
‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आव्हान’

‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आव्हान’

Breaking News 1, समाचार
लन्डन, १५ कार्तिक । नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरु सँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’ दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठुलो सङ्ख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किँदै छ । सिप, ज्ञान र पुँजीको हिसाबले नेपाली डायसफोराले आफ्नो अस्तित्व बनाउँदै छ ।’ अर्थमन्त्री डा. महतले भने ‘बेलायतमा नेपाली मूलका ब्रिटिस नागरिकता भएका अथवा नभएका ठुलो सङ्ख्या...
पूर्व बाल लडाकु लेनिन विष्ट वीर अस्पतालमा ‘नजरबन्द’मा

पूर्व बाल लडाकु लेनिन विष्ट वीर अस्पतालमा ‘नजरबन्द’मा

समाचार
काठमाडौँ, १४ कात्तिक । पूर्व बाल लडाकु लेनिन विष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’मा राखेको बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापन पत्र बुझाएका विष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् । छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षाैंदेखि अनशनमा बस्दै आएकी गङ्गामाया अधिकारीलाई भेटेर फर्किने क्रममा उनीहरूलाई प्रहरले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको हो । ‘हामी वीर अस्पतालबाट गङ्गामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ विष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, इन्सेकका प्रतिनिधिहरू आएका छन् ।’...
परराष्ट्र मन्त्री साउँद र अमेरिकन विदेश मन्त्रीबिच एमसिसीको बारेमा छलफल

परराष्ट्र मन्त्री साउँद र अमेरिकन विदेश मन्त्रीबिच एमसिसीको बारेमा छलफल

समाचार
काठमाडौँ, १४ कार्तिक । परराष्ट्र मन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटवार्ता भएको छ । अमेरिकाको सङ्घीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबिचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गरेका छन् । सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ । नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमा पार विद्युत् व्यापारलाई समर्थन गर्दै सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताइएको छ ।  ...
सभामुख घिमिरे र राष्ट्रसङ्घीय महासचिव गुटेरेसबीच भेटवार्ता

सभामुख घिमिरे र राष्ट्रसङ्घीय महासचिव गुटेरेसबीच भेटवार्ता

समाचार
काठमाडौँ, १२ कात्तिक । नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सो क्रममा  सभामुख घिमिरेले   व्यस्तताबिच नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै नेपाली जनता, नेपालको संसद् र व्यक्तिगत रूपमा तपाईँको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गरे । नेपालको संसद्को नियमावलीमा नै राष्ट्र सङ्घका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको जानकारी गराउँदै उनले महासचिव गुटेरेसको सम्बोधनलाई नेपाली जनताले पनि चासोसाथ हेर्ने बताए । नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताउँदै सभामुख घिमिरेले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको र निकट समयमा नै ऐन...
राष्ट्र सङ्घीय महासचिवको भ्रमण: लुम्बिनी पुग्ने देखी संसद्मा सम्बोधन गर्नेसम्म

राष्ट्र सङ्घीय महासचिवको भ्रमण: लुम्बिनी पुग्ने देखी संसद्मा सम्बोधन गर्नेसम्म

समाचार
काठमाडौँ, १२ कार्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् । नेपालको चार दिने औपचारिक भ्रमणका गए राती आएका महासचिव गुटेरेसले सङ्घीय संसद्लाई सम्बोधन गर्ने सम्मको कार्यक्रम रहेको छ । गए राती १ बजे नेपाल आई पुगेका महासचिव गुटेरेसले आफ्नो भ्रमणको पहिलो दिनमा नै अर्थात् आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गर्नेछन् । थप औपचारिक भेटवार्ता र संवाद सम्पन्न गरे पछि महासचिव गुटेरेस पाटन दरबार क्षेत्रको पनि अवलोकनमा निस्कने छन्, आज उनै महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी जनाउने छन् । परराष्ट्र मन्त्रालयका अनुसार आफ्नो चार दिने भ्रमणका क...
प्रधानमन्त्री प्रचण्ड पुगे काँग्रेसको चियापानमा

प्रधानमन्त्री प्रचण्ड पुगे काँग्रेसको चियापानमा

समाचार
काठमाडौँ, ११ कार्तिक । नेपाली काँग्रेसको जारी चियापान कार्यक्रममा शीर्ष नेताहरू जाने क्रम जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् । काँग्रेस हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।...
काँग्रेसलाई गठबन्धन वाट बाहिर निस्कन एमाले महासचिवको सुझाव

काँग्रेसलाई गठबन्धन वाट बाहिर निस्कन एमाले महासचिवको सुझाव

Breaking News 1, समाचार
दाङ, ११ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन वाट बाहिर निस्कन काँग्रेसलाई सुझाव दिएका छन् । वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक सङ्कटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् । प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले  दलालहरूको पहुँच सरकारको नेतृत्व गरेका शयन कक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डामाडोल भई सक्दा पनि काँग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् । उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्वोपरि हितमा काम गर्न सक्ने अवस्थामा छैन । ‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र वैधानिक अर्थतन्त्रलाई दुरुत्साहन गरेकाले अर्थतन्त्र ब...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"