जुन १४ र १५ मा भूमे पुजा तथा वनभोज कार्यक्रमको आयोजना हुँदै
दक्षिण कोरिया ।
नेपाल मगर संघ दक्षिण कोरियाले भूमे पुजा साथै वनभोज कार्यक्रम यही आउदो जुन १४ र १५ मा भब्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ दक्षिण कोरियाका सम्पूर्ण शाखाहरूको आयोजनामा हुने उक्त कार्यक्रमको मुख्य ब्यवस्थापन थेगु शाखाले गर्ने भएको छ ।
नेपाली बीच आपासी मेलमिलाप र भेटघाट गरि दुखसुख बाढ्ने र प्रवासमा रहेर पनि मगरहरूको परम्परा देखी चलिआएको आफ्नो भुमे पुजा संस्कृतिलाई बचाई राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिक्षा मगरले जानकारी दिएका छन।
भुमे पुजा तथा वृहत पिकनिक कार्यक्रममा नेपाली साथै कोरियन परिकारको साथमा नौमती बाजा,मौलिक नृत्यहरू साथै चर्चित कलाकारहरूको प्रस्तुती रहने कुरा सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताएका छन। कार्यक्रममा सहभागि हुन पुरुषका लागि १ लाख वन,महिलाका लागि ८० हजार वन र विद्यार्थीका लागि ७० हजार वन तय गरिएको छ ।
कार्यक्रममा जा...







