समाचार

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थि तथा विद्यालयलाई सम्मान

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थि तथा विद्यालयलाई सम्मान

Breaking news 3, शिक्षा, समाचार
हेटौंडा/ एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थि तथा विद्यालयलाई (प्याब्सन) निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल मकवानपुर ले सम्मान गरेका छन् । शुक्रबार मकवानपुरका ३६ वटा विद्यालयका ३.६ भन्दा माथि जिपिए ल्याएका २५७ जना विद्यार्थिलाई प्याब्सनले सम्मान गरेका हुन् । जिल्लाकै उत्कृष्ट नतिजा ४ जिपिए ल्याएकी छात्रा रीतिका  छत्कुली र ३.९५ जिपिए ल्याएका छात्र हरि चन्द्र मुखियालाई नगत सहित सम्मान गरेका थिए । यसै गरी सम्मान कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको रहेको थियो ।...
संसद भवनको निर्माणका कार्य समयमै पूरा गर्न सक्दो प्रयास गर्नेछु – उपप्रधानमन्त्री सिंह

संसद भवनको निर्माणका कार्य समयमै पूरा गर्न सक्दो प्रयास गर्नेछु – उपप्रधानमन्त्री सिंह

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उनले प्रतिवद्धता व्यक्त गरेका हुन् । उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने बताउनुभयो । उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।...
द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

Breaking news 3, मुख्य समाचार, समाचार
काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा उनको ९१ वर्षको उमेरमा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो । निमोनियाबाट पीडित श्रेष्ठ २ महिनायता उपचाररत थिइन् । भोलि शुक्रबार पशुपतिमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । सन् १९९१ देखि उनले पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।  ...
अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवस

अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवस

Breaking News 2, समाचार
हेटौंडा/ अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवसको अवसरमा जिल्ला कमिटी मकवानपुरले शुभकामना आदानप्रदान सहित चियापान कार्यक्रम आयोजना गरेको छ । सोमबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री मोक्तानले आफुले जानेको सीपलाई ब्यवशायमा परिणत गरी उद्यमशील हुनुपर्ने बताईन् । कार्यक्रममा प्रमुख अतिथि मोक्तानले ब्यवशायीहरु संगठित भए आपसी सहयोग र सहकार्यको लागि सहयोगी हुने बताईन् । अखिल नेपाल ब्युटिसियन श्रमिक संघ जिल्ला कमिटी मकवानपुरकी अध्यक्ष कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान ज्वाला, प्रदेश कमिटी सदस्य सर्केश घलान, सीता पुलामी, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापामगर, अखिल क्रान्तिकारी मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल लगायतको आतिथ्यता रह...
सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ

सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ

अर्थ, समाचार
काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।   जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।...
कास्की परिवारले आयोजना गर्न लागिएको वृहत भेटघाट तथा वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा 

कास्की परिवारले आयोजना गर्न लागिएको वृहत भेटघाट तथा वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा 

Breaking News 2, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । कास्की परिवार दक्षिण कोरियाको आयोजनामा हुन लागिएको वृहत भेटघाट तथा बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिएका छन् । यही जुलाई २० र २१ तारिखमा 경기도 가평군 청평면 मा हुन लागेको उक्त वृहत भेटघाट तथा बनभोज कार्यक्रममा सहभागिताको लागि आयोजकले आग्रह समेत गरेका छन् । उक्त कार्यक्रममा सहभागिताको लागि पुरुषको लागि ९० हजार कोरियन वन र महिलाको लागि ७० हजार कोरियन वन शुल्क तय गरिएको छ । कार्यक्रममा  सहभागिहुनेहरुको लागि विभिन्न मनोरञ्जनात्मक स्थानहरूको भ्रमण गराउनुका साथै बिभिन्न मिष्ठान्न परिकारहरूको व्यवस्था  गरिएकोआयोजकले जनाएको छ । त्यसैगरी कार्यक्रममा सहभागि हुन जानको लागि सौलको दोङदेमुन स्टेसन र सुवन स्टेसनबाट  बसको व्यवस्था रहेको छ ।  ...
लोसपाबाट भण्डारीलाई मन्त्री बनाएपछि लोसपा विभाजनको सँघारमा

लोसपाबाट भण्डारीलाई मन्त्री बनाएपछि लोसपा विभाजनको सँघारमा

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । नयाँ बनेको सरकारमा लोसपाबाट सरदसिंह भण्डारीलाई सरकारमा पठाएपछि लोसपा विभाजनको संघारमा पुगेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाएपछि पार्टीभित्र असन्तुष्टि चर्किएको हो । असन्तुष्ट पक्षले पार्टी विभाजनको तयारी गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार लोसपाका नेता तथा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले यसको नेतृत्व गरिरहेका छन् । लोसपाका महासचिव मुकेश झाका अनुसार पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको जनाएको छ । मधेस प्रदेशमा रहेका नौ जना सांसदमध्ये चार जना र लुम्बिनी प्रदेशका ३ जनाले शुक्लालाई साथ दिने महासचिव झाले बताए । लोसपाको पदाधिकारीमध्ये २७ जना आफूहरूको साथमा रहेको उनको दाबी छ । सहअध्यक्ष शुक्लाले पार्टीभित्र असन्तुष्टि बढेको स्वीकार गरे । ‘पार्टी विभाजन भइसकेको छैन तर अवस्था त्यस्तै सिर्जना भएको छ,’ उनले भने । अध्यक्ष ठाकुरले मन्त्री च...
अन्तत: प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

अन्तत: प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । संविधानको धारा ७६.२ अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट निवेदकले संविधानको धारा ७६.२ अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । Source : Ratopati...
इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा चेम्जोङ सहित १९ जनाको कार्य समिति चयन

इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा चेम्जोङ सहित १९ जनाको कार्य समिति चयन

Breaking News 2, प्रवास, समाचार
दक्षिण कोरिया/  इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा सुबास चेम्जोङ सर्वसहमतिमा निर्वाचित भएका छन् । इलामेली समाजको पाँचौ अधिवेशनले कार्य समिति गठन गरी चेम्जोङ सहित १९ जना सर्वसहमतिमा निर्वाचित भएका हुन् । यसै गरी कार्य समितिमा अध्यक्ष पदमा सुवास चेम्जोङ, वरिष्ठ उपाध्यक्षमा भिम बिराज संकर उपाध्यक्ष मदन चापागाई,गणेस तामाङ,रमेस बस्नेत, महासचिवमा डिल्ली हॉंङसरुम्बा, सचिवमा डि बी योङहॉंङ, कोष अध्यक्षमा भुवन थुलुङ, सह कोषअध्यक्षमा राधा घिमिरे, सदस्य पदमा खाओत हॉंङ नेम्बाङ, सागर नारायण जोसी, यामु राई , बिनोद जबेगु, हेमन्त बस्नेत, जीवन राई , सनम राई, सन्तोष राई, मनि राम राई ,गंगा थेबे चयन भएका छन् ।...
गौतम गोलेको दोस्रो कोसेली ‘छ्योर्तेन राम्रो’ सार्वजनिक

गौतम गोलेको दोस्रो कोसेली ‘छ्योर्तेन राम्रो’ सार्वजनिक

Breaking news 3, मनोरञ्जन, समाचार
दक्षिण कोरिया / गौतम गोले अभिनयमा रहेको दोस्रो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो...’ सार्वजनिक भएको छ । भिडियोमा गौतम र मिनु मोक्तानको मुख्य अभिनयमा रहेका छन् । शनिवार गौतम गोलेको युट्युब च्यानलबाट ‘छ्योर्तेन राम्रो...’ बोलको भिडियो सार्वजनिक भएको हो । ‘छ्योर्तेन राम्रो...’ गीतमा गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको छ । गौतम गोले पहिलो कोसेली दुई वर्ष अघि ‘म्राङ्सेम खाबा’ ल्याएको थियो । भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्क र सहर, बजारमा घुमघाममा मैच्याङहरु भेटेपछिको कथावस्तुमा आधारित बनाएको छ । मैच्याङ (मिनु मोक्तान) लाई भेटेपछि एकतर्फी एक नजरमै प्रेममा परेको पहिलो भेटमै प्रेमको प्रस्ताव गर्दा उनीले अस्वीकार गरेपछि च्याङ्बा (गौतम गोले) निराशपनको अवस्थामा देख्न सकिन्छ । यति मात्रै होइन, भिडियो कथामा सच्चा मायाले प्रस्ताव गरेको थाहा भएपछि मैच्याङले स्वीकार गर्छिन् र दुवै जनाले सुख, दु...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"