एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थि तथा विद्यालयलाई सम्मान
हेटौंडा/ एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थि तथा विद्यालयलाई (प्याब्सन) निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल मकवानपुर ले सम्मान गरेका छन् ।
शुक्रबार मकवानपुरका ३६ वटा विद्यालयका ३.६ भन्दा माथि जिपिए ल्याएका २५७ जना विद्यार्थिलाई प्याब्सनले सम्मान गरेका हुन् । जिल्लाकै उत्कृष्ट नतिजा ४ जिपिए ल्याएकी छात्रा रीतिका छत्कुली र ३.९५ जिपिए ल्याएका छात्र हरि चन्द्र मुखियालाई नगत सहित सम्मान गरेका थिए । यसै गरी सम्मान कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको रहेको थियो ।...








