समाचार

खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा मोक्तान

खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा मोक्तान

Breaking News 1, खेलकुद, समाचार
हेटौंडा / जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तान नियुक्त भएका छन्। बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबार बसेको बैठकले मोक्तानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। ३५ वर्षीय मोक्तानले सोमबार प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीबाट नियुक्ति पत्र प्राप्त गरे। उनले बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। साथै, परिषद्ले खेलकुद विकास समिति मकवानपुरका लागि मदन उप्रेती र कृष्ण रुम्बालाई सदस्यमा नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष मोक्तानले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने दाबी गरेका छन्। उनले गाउँ–गाउँबाट खेलाडी उत्पादनमा जोड दिने र पैसाको चहलपहलका कारण राम्रा खेलाडीहरूले अवसर नपाउने परम्पराको अन्त्य गर्ने बताए।...
मकवानपुरगढीमा करेन्ट लागेर दिक्पाल स्याङतानको मृत्यु

मकवानपुरगढीमा करेन्ट लागेर दिक्पाल स्याङतानको मृत्यु

Breaking news 3, समाचार
हेटौंडा/  मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा करेन्ट लागेर दिक्पाल स्याङतानको मृत्यु भएको छ । गढी वडा नम्बर ८ इपाखहरेमा करेन्ट लागेर स्थानिय स्याङतानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मंगलबार साँझ ईपाखहरे स्थीत राम बहादुर घिसिङको बारीमा स्थानीय ३७ को दिक्पाल स्याङ्तान बिजुलीको पोलमा करेन्ट लागि मृत्यु भएको छ भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो। शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।...
राक्सिराङमा ‘परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष’ कार्यक्रम

राक्सिराङमा ‘परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष’ कार्यक्रम

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ युवालाई श्रम , सिप, रोजगारीमा जोडेर समृद्धि चलाउन नयाँ अभियान कार्यक्रम पारित गरेको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको हाल सम्पन्न भएको गाउँ सभाले पालिकाका युवा लक्षित ‘परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष’ कार्यक्रम पारित गरेको हो । "समाज विग्रहको कारण हामी आफै पनि हो । विग्रहको अन्त्य हामी आफैंबाट हुनुपर्छ । यो कुरा आम युवाहरुलाई बोध गराउन सकियो भने समाज बिकासले गति लिन सकिन्छ । '' राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले भने ।...
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राजिनामा दिन एमालेको आग्रह

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राजिनामा दिन एमालेको आग्रह

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजिनामा दिन आग्रह गरेका छन् । मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पुर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक बिज्ञपति जारी गर्दै वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजिनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको छ । जारी बिज्ञप्तीमा भनिएको छ ''देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं।'' ''यसका लागि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्...
बागमती प्रदेश सरकारबाट एमालेका ५ मन्त्री बाहिरिए

बागमती प्रदेश सरकारबाट एमालेका ५ मन्त्री बाहिरिए

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ५ मन्त्री बाहिरिएका छन् । सोमबार हेटौंडा २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका हुन् । एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिनेमा दिएका हुन् ।...
वर्षाका कारण आएको बाढी पहिरो विपद‍्का कारण हालसम्म ४८ जनाको मृत्यु

वर्षाका कारण आएको बाढी पहिरो विपद‍्का कारण हालसम्म ४८ जनाको मृत्यु

Breaking News 1, समाचार
काठमाडौँ / अविरल वर्षाका कारण आएको बाढी पहिरो विपद‍्का कारण हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरामा परी काठमाडौँ एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ । यसैगरी बाढी पहिरा तथा विपद्का कारण काठमाडौँ तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार ...
छुसकको अवसरमा खोर्याङ नेपाली समाजको आयोजनामा थेगुमा डान्स पार्टी हुदै

छुसकको अवसरमा खोर्याङ नेपाली समाजको आयोजनामा थेगुमा डान्स पार्टी हुदै

प्रवास, मनोरञ्जन, समाचार
हेटौंडा/ खोर्याङ नेपाली समाज दक्षिण कोरिया ख्यङसाङबुक्दोको आयोजनामा कोरियाको AU क्लबमा डिजे सहित नाइट डान्स पार्टि हुने भएको छ । २०२४ सालको छुसकको अवसर पारेर १६ तारिक अर्थात छुसकको पहिलो दिन थेगुको बान्वल्दाङ स्थिते ब्ग् क्लबमा उक्त कार्यक्रम गर्न लागेको खोर्याङ नेपाली समाजका अध्यक्ष छोनाम लामाले जानकारी दिएका छन् । थेगु तथा ख्यङबुक वरपर हाल धेरै नेपालीकोे बाक्लो उपस्थिति हुने हुदा पार्टिमा तथा संघसंस्थाहरुकोे कार्यक्रम नरहेको कुरालाइ मध्यनजर गर्दै सो डान्स पार्टिमा उपस्थितको लागि आयोजकले अनुरोध गरेका छन् । थेगु वरपर रहेका नेपालीहरुको बर्षौको कामको चाप थकान तथा मानसिक तनाबलाई साथिभाईहरुको भेटघाटमा रमाइलो गरेर बिताउन भनेर सो कार्यक्रम राखिएको लामाले बताए ।...
लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा खनाल सहित २७ सदस्यिय चयन

लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा खनाल सहित २७ सदस्यिय चयन

Breaking News 2, प्रवास, लुम्बिनी प्रदेश, समाचार
हेटौंडा / लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा हिमाल खनाल चयन भएका छन् । खनालको अध्यक्षतामा २७ सदस्यिय कार्यसमिति चयन गरिएको हो । बरिष्ठ उपाध्यक्षमा मदन गौतम, उपाध्यक्षमा  किरण बन्जाडे, नरेश शर्मा, विज्ञान अर्याल, मिलन थापा मगर,नारायण न्यौपाने,बिरेन्द्र राहु मगर, नमुना ज्ञावली महिला उपाध्यक्षमा चयन भएका छन् । महासचिवमा जयराम खनाल र सचिवमा दामोदर भुषाल,बिष्णु थापा,प्रकाश न्यौपाने महिला सचिवमा वर्षा भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा जितेन्द्र के सी र सह–कोषध्यक्षमा राजेश कुमार चौरसिया, साहित्य संयोजकमा शुशिल बि।क, युवा संयोजकमा खगेन्द्र कुमार घर्तिमगर, विद्यार्थी संयोजकमा सनु खनाल चयन भएका छन् । यसै गरी सदस्यहरु युवराज गौतम, सन्दिप न्यौपाने,सिद्धान्त कार्की,राज गौतम,जीवन थापा, तुल्सीराम खनाल,नारायण खनाल, दिनेश पराजुली चयन भएका छन् ।...
‘छ्योर्तेन राम्रो ’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक

‘छ्योर्तेन राम्रो ’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक

Breaking news 3, मनोरञ्जन, समाचार
हेटौंडा/ मोडल गौतम गोले र मिनु मोक्तानको अभिनय रहेको ‘छ्योर्तेन राम्रो ’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएको छ । ‘छ्योर्तेन राम्रो ’ बोलको सेलो गीतको भिडियो केही दिनमा ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छन् । गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ । भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो । गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको थियो । मोडल गौतमले पहिलो कोसेली विशुद्ध तामाङ भाषामा मात्रै थियो । त्यहाँ दर्शक प्रतिक्रियामा अब मातृभाषा मात्रै होइन, सेलोमा पनि ल्याउनु पर्यो भन्ने धेरै थियो ।   जस अनुसार दोस्रो कोसेली सबैले बुझ्ने सेलोमा ल्याउँदै छु । मोडल गौतमले भने, ‘कोरियामा कम्पनीको कामपछिको छुट्टीको समयलाई सदुपयोक गरेर आफ्नो गीतसंग...
बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौँडा / बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने भएको छ । सङ्घमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिने हुदा मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने तयारी गरेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिन र मन्त्रीबाट राजीनामा दिन रोकिएका एमालेका मन्त्रीले आइतबार मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा आएसँगै राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आइतबार मुख्यमन्त्री हेटौँडामा आउने र राजीनामा दिने दिएका हुन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"