बागमती प्रदेश सरकारले ६४ अर्ब भन्दा माथि बजेट ल्यायो
हेटौँडा / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैया बजेट ल्याएको हो ।
प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको २ अर्ब ४६ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएकोमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब २१ करोड, श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड, स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ८ करोड, सामाजिक विकास मन्त्रालयका लागि ३ अर्ब ९१ करोड, युवा तथा खेलकुद मन्त्रालयका लागि ७४ करोड, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयका लागि ६ अर्ब ९३ करोड ,...







