हेटौंडा ३ नं वडा आईतबार बालमैत्री घोषणा हुदैं
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका ३ नं वडालाई आईतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडाघोषणा गरिने भएको छ । शुक्रबार वडा कार्यलयले पत्रकार सम्मेलनको आयोजना गर्दै. बालमैत्री वडा घोषणा गरिने सम्बन्धमा जानकारी गराएको हो ।
बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ वडालार्ई बालमैत्री वडा घोषणा गरिन लागिएको बालमैत्री वडा घोषणा कार्यक्रमका संयोजक एवम् वडा अध्यक्ष ढलक बहादुर थापाले जानकारी दिए । अध्यक्ष थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४९ वटा सुचकहरु १०० प्रतिशत १ वटा सुचकमा ९८ प्रतिशत र बाँकी १ वटामा ९५ प्रतिशत नतिजा हाँसिल गरेको भन्दै वडालाई बालमैत्री घोषणा गर्न लागिएको बताएका छन् ।
यसै गरी वडामा बालविवाह शुन्य अवस्थामा रहेको र ३ जना बालश्रमिकको उद्वार गरि पारिवारिक ...







