समाचार

पहिलो सहभागितामै चर्च ब्वाइजले बागमती गोल्डकपको उपाधि जित्यो

पहिलो सहभागितामै चर्च ब्वाइजले बागमती गोल्डकपको उपाधि जित्यो

Breaking news 3, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौँडा / पहिलो सहभागितामै चर्च ब्वाइजले मकवानपुरको बागमती गाउँपालिकामा भएको सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधी हात पारेको हो । चर्च ब्वाइजको उपाधी दिलाउन समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच का तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उपाधीसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधी जितेको हो । मछिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन...

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग, हस्ताक्षर संकलन अभियान सुरु

Breaking News 2, मुख्य समाचार, समाचार
हेटौँडा / हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै हेटौँडामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । हेटौँडा अस्पताललाई पूर्ण रूपमा सरकारी अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानले आइतबारदेखि अस्पतालपरिसरमा नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो । अभियानका संयोजक विशालराज महतले हेटौँडा अस्पताल जोगाउन आफूहरू विगतका दिनदेखि नै अभियानमा लागेको बताउँदै हस्ताक्षर अभियान एक हप्तासम्म चल्ने जानकारी दिए । उनले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्न, संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउनुपर्ने आफूहरूको माग रहेको बताए । ...
झाँकीहरुको गुफा तपस्या सकियो

झाँकीहरुको गुफा तपस्या सकियो

Breaking News 1, Uncategorized, प्रमुख समाचार, समाचार
हेटौंडा / हेटौंडा – स्थित श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानीका गुफा बसेका झाँकीहरु आईतवार बाहिर निस्किएका छन् । गत ५ गतेदेखि गुफा तपस्थामा बसेका झाँकीहरु एक हप्तापछि बाहिर निस्एिका हुन् । आईतवार एक कार्यक्रमको आयोजना गर्दै झाँकीहरु बाहिर निस्किएका हुन् । श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानी ब्यबस्थापन समितिका अध्यक्ष तारा बहादुर बम्जनको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । ५ गतेदेखि सुरु भएको उक्त गुफा तपस्यामा १० जना झाँकीहरु बसेका थिए । गुफामा बस्ने झाँकीहरुले मन्त्र जपगरी तपस्या गरेका थिए । उनीहरुलाई भाँकीका गुरु मदन थिङले प्रशिक्षण गराएका थिए । उक्त गुफा ध्यान बसेर निस्किएपछि झाँकीको गुरु भएको प्रमाणित हुने स्थित श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानीका अध्यक्ष सार्की मान हिमडुङले ...
हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न बन्द अवस्थामा रहेको रोप–वे बिक्री

हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न बन्द अवस्थामा रहेको रोप–वे बिक्री

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न कच्चा पदार्थ खरिद गर्नको निमित्त बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरिएको छ ।   हेटौँडा -९ मा रहेको उद्योगले चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोप–बे बाराको लिपनी मालस्थित श्री पिएस एन्ड सन्स इन्टरप्राइजेजलाई बिक्री गरेको हो । उद्योग प्रशासनले चार करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्री गरेको छ । तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमति अनुसार पहिलो किस्तामा एक करोड ४२ लाख ६८ हजार ६ सय ९४ रुपैयाँसमेत प्राप्त गरिसकेको सुचना अधिकारी हरेराम आचार्यले जानकारी दिएका छन् । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिनाभित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति भएको जनाएको छ । उद्योगले भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर रोप–वेको सिस्टमसँग जोडिएका रोप–वेका टावर, तार र बकेटलगायतका फलामजन्य सामा...
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको-गृहमन्त्री

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको-गृहमन्त्री

Breaking News 1, प्रमुख समाचार, समाचार
हेटौँडा / गृहमन्त्री रमेश लेखकले समृद्धि र सुशासनको यात्रामा मुलुकलाई अगाडि बढाउन वर्तमान सत्ता समीकरण बनेको बताएका छन् । मंगलबारदेखि हेटौंडामा सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको उनको भनाई छ । गृहमन्त्री लेखकले आर्थिक गतिविधिहरुलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको समेत दाबी गरेका छन् । उनले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीहरुको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको बताएका छन् । । निर्माण व्यवसायीहरुलाई आफ्नो काममा लगनशील भएर लाग्न आग्रह गर्दै गृहमन्त्री लेखकले ढिलै भएपनि बाँकी रहेको भुक्तानी दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । यसै गरी फागुन १८ गतेसम्म चल्ने महोत्सवमा निर्माण उपकरण...
राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने – प्रदेश प्रमुख

राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने – प्रदेश प्रमुख

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/  बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले फागुन ७ गतेको जगमा टेकेर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिनुुहुँदै उनले आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताए । निरंकुशता विरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन भएको प्रदेश प्रमुख देवकोटाको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । आ–आफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनैतिक दलहरू होमिनुपर्ने आवश्यकता रहेको उहाँले सन्देश मार्फत बताएका छन् । दलहरु जुटेर नै राजनीतिक फड्को मारेकाले अब फेरि जुटेर मुलुकमा...
आज ७५औं प्रजातन्त्र दिवस

आज ७५औं प्रजातन्त्र दिवस

Breaking News 2, प्रमुख समाचार, समाचार
आज ७५औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।...
बागमती प्रदेशको बजेट खर्च उत्साह जनक

बागमती प्रदेशको बजेट खर्च उत्साह जनक

Breaking News 1, अर्थ, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारको बजेट खर्च उत्साह जनक देखिएको छ भने विकास निर्माणमा वित्तीय प्रगति निराशाजनक रहेको छ । बागमतीको चालुतर्फको बजेट कर्मचारी तथा पदाधिकारीको तलब, भत्ता सहित कार्यालय व्यवस्थापनका लागि खर्च चएको देखिन्छ । बागमती प्रदेशले चालु आर्थिक वर्षको ७ महिनामा १३ अर्ब बढी बजेट खर्च गरेको छ ।   माघ मसान्त सम्म विनियोजित कुल रकमको २०.१८ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएको थियो । त्यसमध्ये १३ अर्ब भएको आर्थिक मामिला तथा योजनामन्त्रालयले जानकारी दिएको छ । गत पुस मसान्त सम्म १६.२७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च गरेको थियो । चालु आर्थिक वर्ष २०८१÷८२ को माघ मसान्त सम्म बागमती प्रदेशको बजेट खर्च पुँजीगतमा भन्दा चालुमा झन्डै ८ अर्ब रुपैयाँ बढी निकासा छ । कुल बजेट खर्च मध्ये चालूतर्फ ७ अर्ब ७२ करोड ...
भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने – प्रचण्ड

भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने – प्रचण्ड

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा / पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने बताएका छन् । बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको पूर्व प्रधानमन्त्री प्रचण्डले बताए । देशबाट भ्रष्टाचारको अन्त्य भएमात्र सामाजिक न्याय स्थापित गर्न सकिने उनको भनाई छ । अध्यक्ष प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको समेत दाबी गर्नुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार रहेको समेत उहाँले उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा ...
पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा सैन्य कारबाहीमा १५ आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा सैन्य कारबाहीमा १५ आतङ्ककारी मारिए

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
काड्माण्डौ / पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र १५ आतङ्ककारी मारिएको सेनाले शनिबार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले केपीको डेरा इस्माइल खान र उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ । डेरा इस्माइल खान जिल्लामा सुरक्षा बल र आतङ्ककारीहरू बीचको भिडन्तमा नौ आतङ्ककारीहरू मारिए । आईएसपीआरले उत्तरी वजिरिस्तानमा छ आतङ्ककारी मारिएको बताएको छ । साथै, सेना र आतङ्ककारीहरू बीचको भीषण बन्दुकधारीमा चार पाकिस्तानी सैनिकहरूले पनि ज्यान गुमाएका छन् । यस क्षेत्रमा अन्य आतङ्ककारीहरूको उपस्थितिलाई समाप्त गर्न अपरेशन चलिरहेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"