बागमती सरकारले लक्ष्यको १० प्रतिशत मात्र राजस्व संकलन
हेटौंडा / बागमती प्रदेश सरकारले ३ महिनमा लक्ष्यको १० प्रतिशत अर्थात् ६ अर्ब ८६ करोड ७ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सरकारले असोज मसान्त सम्ममा लक्ष्यको १० प्रतिशत मात्र राजस्व संकलन गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ । जस अनुसार प्रदेश सरकारका विभिन्न निकायहरूले आन्तरिक आय र बाह्य स्रोतबाट सङ्कलित राजस्व राजस्व भने आर्थिक वर्षको सुरुवाती ३ महिनामा १० प्रतिशत मात्र रहेको हो ।
प्रदेश सरकारले बाँडफाँटबाट २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ राजश्व प्राप्त हुने अनुमान गरेकोमा १२.९५ प्रतिशत (३ अर्ब ८२ करोड ८५ लाख ५६ हजार रुपैयाँ) सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन दस्तुर बापत ४९ करोड ३८ लाख ६४ हजार रुपैयाँ (६.४१ प्रतिशत), मूल्य अभिवृद्धि कर १ अर्ब १९ करोड ५४ लाख ९ हजार (१३.८७ प्रतिशत), अन्त शुल्क कर ३९...








