हेटौंडा / मकवानपुरको मकवानपुरगढीमा मानव कंकाल फेला परेको छ ।
गढी गाउँपालिका वडा नम्बर–८ मा अवस्थित जंगलमा स्थानियहरुले कंकाल फेला पारेको हो । कसको सबको कंकाल भन्ने जानकारीमा नआएको र मृत मानिसको कंकाल रहेकोले बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ ।
ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो । पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ । घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै स्वतः इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन् ।...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् ।
गृह जिल्ला रौतहटमा रहेका नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए । आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन् । गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष माधव नेपालले त्यता गएका थिए । त्यस क्रममा उनले पूर्व प्रधानमन्त्री नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।...
अञ्जना तामाङ
हेटौंडा / सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिकाले आश्रय लिदै आइरहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर - ४ मा अवस्थित सेन्टर फर अटिजम मकवानपुरमा २ बर्ष देखि १० बर्ष सम्मका बालबालिकाहरु आश्रित रहेका छन् । बि सं २०७८ साल भदौ २४ मा अटिजम भएका बालबालिकाको तिन जना आमाले सञ्चालनमा ल्याएको यस सेन्टरले अटिजम भएका बालबालिकाहरुलाई बिषेश शिक्षा प्रदान गर्दै आइरहेका छन् ।
सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने र एउटै कुरा दोहोर्याउने यस्ता समस्या भएका बालबालिकाको सो सेन्टरमा रहेका छन् । यस्ता अटिजम भएका बालबालिकाहरुलाई विगत २ बर्ष देखि स्कुलिङ्ग गर्दै आईरको उनले बताईन् । बालबालिकाले दैनिक जिवनमा कसरी आफ्नो दैनिकी गर्ने र सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।
शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गरको छ ।
शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराएको हो । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो । जसपाबाट समानुपातिक सांसद बन्नुभएकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित हुनुभएको थियो । उहाँको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो ।...
काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् ।
पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिश जारी भएको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गर्न सीआईबीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको छ । सो पत्राचारसँगै प्रहरी वृत्त कालीमाटीले त्यसबारे अनुसन्धान थालेको हो । स्वर्णलक्ष्मी सहकारीमा भएको घोटालाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
ईकान्तिपुरबाट...
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् ।
मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।...
काठमाडौँ । लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको एमाले प्रदेश सांसद नरेश शाहीले जानकारी दिए । सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका हुन् । यद्यपि नाउपाका सातै जना सांसदको समर्थन रहेको समर्थनपत्रमा उल्लेख छ ।
सुदूरपश्चिममा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका १० र नाउपाका सात सांसद रहेका छन् । यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन द...
हेटौंडा/ नेकपा ( एकिकृत समाजवादी) पार्टी मकवानपुरको नवौं जिल्ला अधिवेशन बैशाख १५ र १६ गते हुदै छ ।
हेटौंडा - ४ स्थित रोयल पार्टी प्यालेसमा अधिवेशन हुने नेकपा एस मकवानपुरले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
अधिवेशन हुने सम्बन्धमा नेकपा एस मकवानपुरले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिदै ,
चैत्र २८ गते बसेको पार्टीको बैठकको निर्णय अनुसार १५ गते नेकपा एसका केन्द्रिय अध्यक्ष माधव नेपालले कार्यक्रमको उद्धघाटन गर्ने र १६ गते बन्ध सर्तमा नयाँ कार्य समिति चयन गर्नेे नेकपा एस मकवानपुरका अध्यक्ष बिष्णु प्रसाद दाहालले जानकारी दिए ।
यसै गरी बैशाख ९ र १० गते जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनोट गर्ने अध्यक्ष दाहालले बताए । दलित , महिला र खुल्लामा ५ ः ८ ः १० को अनुपातमा र मुस्लिम र पेशागत ५ः१ को अनुपातमा प्रतिनिधि छनोट गर्ने अध्यक्ष दाहालले बताएका छन् ।...