चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी विशेष शो सुरु
हेटौंडा / चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी तीन दिन विशेष शो सुरु भएको छ । कालीदेवी मिडिया हाउस प्रा.लिको व्यानरमा निर्माण भएको तामाङ भाषा र नेपाली भाषाको चलचित्र आज बिहीबार बाट ओम म्याक्स हलमा सुरु भएको हो ।
चलचित्र अधिकांश मकवानपुर र काठमाडौंमा नै छायाङ्कन भएको र कलाकार पनि मकवानपुरकै रहेका कारण हेटौँडामा विशेष शो गरिएको हो । चलचित्रमा गाउँमा तामाङ र दलित जातिको प्रेमकथामा आधारित विषयवस्तु समेटिएको छ । यसै गरी चलचित्रमा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको अभिनय रहेको छ । चलचित्र ग्याल्बो राजा १८ गते नेपाली भाषामा र १९ गते तामाङ भाषामा प्रदर्शन हुने छन् । चलचित्र आगामी कार्तिक ९ गते देशभर प्रदर्शन हुने छन् । चलचित्र पार्ट २ पनि निर्माण गरिने जनाएको छ ।...






![झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो](http://labamedia.com/wp-content/uploads/2024/09/thumb-780x440.jpeg)
