तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा
हेटौंडा ः तामाङ कलाकारिता इन्डस्ट्रीमा पछिल्लो समय युवा प्रतिभाको रूपमा आशिष लामा सक्रिय रूपमा उदाउँदै आएका छन् । कोरियोग्राफर, निर्देशक तथा मोडलको रूपमा उनले म्युजिक भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएका छन् ।
लामा हालै सार्वजनिक भएको “ब्रेकअप ताजि ङाला ” म्युजिक भिडियोका निर्देशक हुन् । उक्त भिडियो शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत युटुबमा रहेको बिरु घलान अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियोमा प्रेम, सम्बन्ध र बिछोडको भावनालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा निर्देशक समेत रहेका लामा र मोडल याङ्गी दोङको मुख्य अभिनय रहेको छ। गीतमा बिरु घलान र अनिशा तामाङ को स्वर रहेको छ भने शब्द तथा संगीत आश्रम थिङ ले तयार पारेका हुन्। मिक्सिङ तथा मास्टरिङ सानु बाबु घिसिङ ले गरेका छन् ।
यसैबीच, पत्रकार सम्मेलनमा गायक बिरु घलानले गीत आफ्नो जीवन अनुभव र वरिपरिका व...








