हेटौंडामा प्रदेश स्तरीय सहकारी दिवस भव्यताका सभाथ सम्पन्न
हेटौंडा/ “सहकारीमा सुशासन ः प्रविधि र एकीकरण” भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रम सहित मनाइएको छ ।
सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव रजिष्ट्रार सहितका कर्मचारीहरु, संहकारी संघसंस्थाका सञ्चालक समिति पदाधिकारी, लेखा समिति पदाधिकारी, शेयर सदस्य, कर्मचारी सहितको सहभागिताकमा प्रभातफेरी हेटौंडा बजार परिक्रमा गरी रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।
६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामासभा भएको थियो । सभामा बोल्दै मन्त्री बज्राचार्यले सहकारीप्रतिको बिश्वासल...








