समाचार

एनआरटीलाई हराउँदै मछिन्द्र फाइनलमा प्रवेश ः बागमति गोल्डकप

एनआरटीलाई हराउँदै मछिन्द्र फाइनलमा प्रवेश ः बागमति गोल्डकप

Breaking News 1, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मछिन्द्र फुटबल क्बल फाइनलमा प्रवेश गरेको छ । सोमबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच मछिन्द्रका थपलिया घोषित भए लगतै उनले १० हजार रुपैयाँ प्राप्त गरे । फाइनल प्रवेश गरेको मछिन्द्र उपाधीका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।...
वीरगञ्जमा कर्फ्यू आदेश जारी

वीरगञ्जमा कर्फ्यू आदेश जारी

Breaking News 1, समाचार
काठमाडौं /रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा भएको झडपलाई लिएर भइरहेको विरोधले तनाव सिर्जना भएपछि वीरगञ्जमा पनि कर्फ्यू आदेश जारी भएको छ । गत बिहीबार भएको घटनापछि रौतहटमा शनिबारदेखि लगाइएको कर्फ्यू अझैसम्म निरन्तर छ । घटनाको विरोधमा सर्वसाधारण विभाजित भएर प्रदर्शनमा उत्रिन थालेपछि सोमबार साँझ ५ बजेदेखि वीरगञ्जमा पनि कर्फ्यू लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बेलुका ५ बजेदेखि अनिश्चितकालका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो । तत्काललाई वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू आदेश जारी भएको छ । उक्त क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा ¥याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि ग...
भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

Breaking News 1, प्रवास, समाचार
काठमाडौँ / सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकारलाई भारतमा रोजगारीका क्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको हो । सुरक्षित आप्रवासनमा काम गर्दै आएका संघ संस्थाले आप्रवासनमा देखिएका विभिन्न समस्याहरुमाथि गहन छलफल र विश्लेषणपछि काठमाडांै घोषणा पत्र जारी गर्दै सबै प्रकारका श्रमलाई सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनीहरुले गरिबी, जलवायु परिवर्तनका कारण हुने आप्रवासन तथा मौसमी आप्रवासनलाई पनि एउटै मापदण्ड बनाएर व्यवस्थित, सुरक्षित, मर्यादित बनाउन माग गरेका छन् । सुदूरपश्चिममा सुरक्षित आप्रवासनमा का...
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु

नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु

Breaking News 2, समाचार
काठमाडौं / नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हुने बैठकको सम्पूर्ण तयारी लगभग पूरा भएको जनाइएको छ । महासमिति बैठकमा पेश गर्नका लागि उपसभापति पर्ण बहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको छुट्टाछुट्टै प्रस्ताव तयार भइसकेका छन् । थापाको प्रस्तावमा अब हुने चुनावहरुमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने उल्लेख छ । यो प्रस्ताव परिमार्जन गराउन संस्थापन पक्षले दबाब दिइरहेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले प्राप्त सुझावलाई समावेश गरेर प्रस्तावलाई पारित गरिसकेको छ । कांग्रेसले महासमिति बैठकमा प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई पनि सहभागी गराउने भएको छ ।...
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

Breaking News 1, समाचार
काठमाडौं / आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । आज प्रधानमन्त्री दाहाललाई १३ सांसदहरुले प्रश्न सोध्ने छन् भने सोधिएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।...
हेटौंडा १३ स्थित गुम्बाडाँडामा ल्होछार कार्यक्रम

हेटौंडा १३ स्थित गुम्बाडाँडामा ल्होछार कार्यक्रम

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ मकवानपुरको हेटौंडा १३ स्थित पदमपोखरी गुम्बाडाँडामा सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ । ल्होछार वृहत सांस्कृतिक कार्यक्रम मुल समारोह समितिले शुक्रबार आयोजना गरेको डुक मु ल्हो सोनाम ल्होछार कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा र ल्होछार मुल समारोह समितिका अध्यक्ष सोमलाल थिङको सभा अध्यक्षमा ल्होछार कार्यक्रम भएको थियो । उर्गेन दोङको मुख्य प्रस्तुति रहेको थियो । आफ्नो भाषा, संस्कार साँस्कृति तथा लिपिको प्रवर्द्दन गरौँ सोनाम ल्होछार सांस्कृतिक पर्वको रुपमा विकास गरौ भन्दै कार्यक्रमका आयोजना गरिएको हो । कार्यक्रममा चर्चित कलाकार उर्गेन दोङाको मुख्य प्रस्तुति संगै अन्य स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, हेटौंडा ८, का वडा अध्यक्ष राम थापा, हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्ता...
बालकुमारी घटना : मन्त्री ज्वालासहित डिएसपी र पिएसओ दोषी

बालकुमारी घटना : मन्त्री ज्वालासहित डिएसपी र पिएसओ दोषी

Breaking news 3, समाचार
काठमाडौँ/ ललितपुरको बालकुमारी घटना छानबिन आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजनालाई दोषी देखाएको छ । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको औंल्याइएको छ । गत पुस १३ गते दुई युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग’ गठन गरेको थियो । आयोगले प्रर्दशन र हुलहुज्जत भईरहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकीन नगरी विभागीय मन्त्री पुग्नु नै मुख्य कमजोरी रहेको औंल्याएको हो ।...
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

Breaking News 2, शिक्षा, समाचार
काठमाडौँ / कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।...
जिल्ला स्तरीय जुनियर क्योकुशिल कराते प्रतियोगिता हुदै

जिल्ला स्तरीय जुनियर क्योकुशिल कराते प्रतियोगिता हुदै

Breaking news 3, खेलकुद, समाचार
हेटौंडा/ जिल्ला स्तरीय जुनियर क्योकुशिल कराते प्रतियोगिता फागुन १० गते हुने भएको छ । नेपाल खेलकुद महासंघ मकवानपुरको स्थापना दिवसको अवसरमा कराते संगै विविध खेलकुद प्रतियोगिता हुने भएको हो । नेपाल खेलकुद संघ मकवानपुरले शनिबार पत्रकार सम्मेलन गर्दे खेल हुन गईरहेको सम्बन्धका जानकारी दिएको हो । जुनियर क्योकुशिल कराते प्रतियोगितामा ३० केजि मुनि,३५ केजि,४५ केजि ५० केजि मुनिका १५० खेलाडी महिला र पुरुष प्रतियोगितामा भाग लिने जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रकम २ हजार रकम पुस्कार प्राप्त गर्ने र प्रथम,द्धितीय,तितृयले प्रमाण पत्र र मेडल प्राप्त गर्ने अध्यक्ष कोक्तानले बताए । ड्रेमोसट्रसनहरु १२ गते हुने खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सबिन मोक्तानले बताएका छन् ।...
मलेसियाविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै

मलेसियाविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बायोमास ओभलमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माल टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् । विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुग्नुको साथै एसिया कपमा स्थान बनाएको छ । जितका लागि ७१ रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्ड ६६ रनमै अल आउट भएको थियो । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"