स्थानीय तह विशेष

राक्सिराङमा ‘परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष’ कार्यक्रम

राक्सिराङमा ‘परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष’ कार्यक्रम

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ युवालाई श्रम , सिप, रोजगारीमा जोडेर समृद्धि चलाउन नयाँ अभियान कार्यक्रम पारित गरेको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको हाल सम्पन्न भएको गाउँ सभाले पालिकाका युवा लक्षित ‘परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष’ कार्यक्रम पारित गरेको हो । "समाज विग्रहको कारण हामी आफै पनि हो । विग्रहको अन्त्य हामी आफैंबाट हुनुपर्छ । यो कुरा आम युवाहरुलाई बोध गराउन सकियो भने समाज बिकासले गति लिन सकिन्छ । '' राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले भने ।...
मकवानपुरगढीले ल्यायो ५७ करोड ९५ लाख भन्दा माथि बजेट

मकवानपुरगढीले ल्यायो ५७ करोड ९५ लाख भन्दा माथि बजेट

Breaking News 1, अर्थ, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि ५७ करोड ९५ लाख ८० हजारको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको ११ औँ अधिवेसनले ५७ करोड भन्दा माथि बजेट ल्याएको हो । पालिकादे पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट ल्याइएको छ । गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । उनले रु। ५७ करोड ९५ लाख ८० हजार अनुमानित आय प्रस्तुत गरेकी हुन् । उनले सभामा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु। ९ करोड ८२ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रु। ९६ लाख गरी जम्मा वित्तीय समानिकरण अनुदान १० करोड ७८ लाख प्राप्त भएको बताइन् ।...
जिल्ला समन्वय समिती मकवानपुरको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम

जिल्ला समन्वय समिती मकवानपुरको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम

Breaking news 3, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  जिल्ला समन्वय समिती मकवानपुरको आर्थिक बर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम भएको छ । बिहिबार भएको समिक्षा कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले कामको सिलसिलामा आइपरेका समस्याहरु प्रस्तुत गरेका थिए । जिसस प्रमुख ललित बहादुर घलानको सभाअध्यक्षता र मकवानपुर क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य महेश वर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य वर्तौलाले मकवानपुर जिल्ला बनाउन साझा संकल्प बनाउनु पर्ने र १० वटै पालिकाका जनप्रतिनिधि, राजनितिक दलहरुले साझा लक्ष्य र योजना लिएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले भने "लागत र लाभ को आधार बाट आजको प्राथीमकता के हो भन्ने छुट्टाउन पर्दछ , म मेरो तर्फबाट साझा संकल्प को साथ अगाडि बढ्न तयार छु , हाम्रो पालामा साझा योजना को एउटा इट्टा थपेउ भने भोलि आउनेहरु ले त्यसलाई न...
भीमफेदीमा कार दुर्घटना हुँदा २जनाको मृत्यु,तीन गम्भीर घाइते

भीमफेदीमा कार दुर्घटना हुँदा २जनाको मृत्यु,तीन गम्भीर घाइते

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं- ६ जुरीखेतमा कार दुर्घटना भएको छ । दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै तीन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एक पुरुष र एक नाबालिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न भने बाँकी छ । भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौंडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार दिउँसो आफै अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका थिए । जसमा पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने नाबालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते मध्ये एक महिलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको पुरा बिवरण भने आउँन बाँकी छ । यसमा तपाइको मत...
इन्द्रसरोबरका रुम्बाको करेन्ट लागेर मृत्यु

इन्द्रसरोबरका रुम्बाको करेन्ट लागेर मृत्यु

Breaking news 3, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं-५ बाघखोरमा करेन्ट लागेर रोहित रुम्बाको मृत्यु भएको छ ।  १३ बर्षीय रुम्बाको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो बाघखोरस्थितमा रोड निर्माणको लागि खडा गरेको अमर कन्ट्रक्सनको बाघखोर क्रसरको ट्रान्समिटरको तारमा छुन जाँदा अचानक करेन्ट रुम्बाको मृत्यु भएको हो । उनी मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

Breaking News 1, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा माओवादी केन्द्रमा ४० भन्दा बढी व्यक्तिहरु प्रवेश गरेका छन् । सोमबार विभिन्न पार्टी परित्याग गरि व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेको हो । बागमती गाउँपालिका झुरझुरेमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतम, प्रदेश कमिटी सचिवलय सदस्य ललित घलान, प्रदेश कमिटी सचिवालय सदस्य एवम् वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रिन, सचिव वीरबहादुर घलान ज्वालालगायतले खादा र टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा नेकपा एमालेका निर्मल राई...
मकवानपुरगढीमा मानव कंकाल फेला पर्यो

मकवानपुरगढीमा मानव कंकाल फेला पर्यो

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको मकवानपुरगढीमा मानव कंकाल फेला परेको छ । गढी गाउँपालिका वडा नम्बर–८ मा अवस्थित जंगलमा  स्थानियहरुले  कंकाल फेला पारेको हो । कसको सबको कंकाल भन्ने जानकारीमा नआएको र मृत मानिसको कंकाल रहेकोले बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कैलाशका गर्भवती महिलालाई पौष्टिक आहार वितरण

कैलाशका गर्भवती महिलालाई पौष्टिक आहार वितरण

Breaking News 1, पालिका, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा/ मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरेको छ । मंगलबार कैलाश–७ स्थित स्थास्थ्य चौकीमा पालिकाका गर्भवती महिलाहरुलाई १२ थरीका पौष्टिक आहार वितरण गरिएको हो । गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र नव जात शिशुको स्वास्थ्यमा असर नपरोस् भनेर गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, हर्लिक्स, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायतका पौष्टिक आहार सम्मिलित प्याकेट वितरण गरिएको हो । प्रत्येक महिना पालिकाभित्रका सबै वडाका गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरिँदै आएको अध्यक्ष मोक्तानले बताए । कार्यक्रममा कैलाश–७ का वडाध्यक्ष उदास कुमार भोलन, स्वास्थ्य शाखा प्रमुख कृष्ण कुमार...
बाल जागृति स्कुललाई बालमैत्री घोषणा गरिदै

बाल जागृति स्कुललाई बालमैत्री घोषणा गरिदै

Breaking News 1, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडा उपमहानगरपालका बाल मैत्री स्थानिय शाषण घोषणाको अभियानमा रहेको छ । बाल मैत्री स्थानिय शाषण घोषणा अन्र्तगत हेटौंडा २ स्थित बाल जागृति ईङ्लिस बोर्डिङ स्कुललाई फागुन २२ गते बाल मैत्री घोषणा गरिदै छ । शुक्रबार विद्यालयले पत्रकार सम्मेलनको आयोजना गदै बाल मैत्री घोषणा गर्ने सम्बन्धमा जानकारी दिएको हो । बाल मैत्री कार्यक्रम अन्र्तगत बिद्यालयले शिक्षा सम्बन्धि २६ वटा सुचक पुरा भएको खण्डमा बिद्यालयलाई बाल मैत्री घोषणा गर्न लागिएको बिद्यालयका प्रधाना ध्यापक विनोद सुवेदीले जानकारी दिए । २२ गते बाल मैत्री घोषणा कार्यक्रमको दिन हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहनुका साथै वडा अध्यक्ष विभिन्न संघ संस्थाहरुको पदाधिकारीको उपस्थित रहने जनाएको छ । उक्त कार्यक्रममा सांस्कृति प्रर्दशन समेत गरिने जनाएको छ ।...
हेटौंडाको गौरीटार रगंशालामा वडा अध्यक्ष कप हुदै

हेटौंडाको गौरीटार रगंशालामा वडा अध्यक्ष कप हुदै

Breaking News 2, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समिति १५ नम्बर वडाको आयोजनामा वडा अध्यक्ष कप हुने भएको छ । २८६० औ सोनाम ल्होछारको अवसरमा हेटौंडा १५ नम्बर वडाको प्रायोजनमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । शुक्रबार खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै पालिकाको १९ वटा वडाको खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुन लागेको बारे जानकारी दिएको हो । चैत ९ गते देखि २२ गते सम्म हेटौंडाको गौरीटार रगंशालामा प्रतियोगिता चल्ने हेटौंडा १५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिले बताए । प्रतियोगितामा विजेता टिमले नगत १ लाख प्राप्त गर्ने छन् भने उपविजेता टोलिले ५० हजार प्राप्त गर्ने छन् । यसै गरी प्रत्यक म्याचको म्यान अफ द म्याच घोषित हुनेले उचित नगत पुरस्कार प्राप्त गर्न समितिका अध्यक्ष नेगिले बताए । यसै गरी वडा र टोलमा खेलाडी उत्पादन गर्ने खेलाडी लोक प्रीय बनाउने उद्देश्यले प्रतियोगिताको आयोजन...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"