फरक क्षमता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण
हेटौँडा / लाईन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गतको लाईन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले मकवानपुरका फरक क्षमता भएका तीन व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–४ को वडा सभाहलमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष लाईन सुमन खरेल शर्माको अध्यक्षता तथा ४ नं. वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा ह्विलचियर वितरण गरिएको हो । क्लबले हेटौंडा उपमहानगरपालिका–१३ की पातली माया मुक्तान, भिमफेदी गाउँपालिका–६ का कान्तराज थिके र भिमफेदी गाउँपालिका–३ का योगान्त वाइवालाई ह्विलचियर प्रदान गरिएको छ ।
कार्यक्रममा डिस्ट्रिक्ट क्लस्टर चीफ लाईन्स अनिता थापा बिष्ट, डीजी कार्यक्रम अध्यक्ष लाईन कमला गुरुङ प्रधान, कोषाध्यक्ष लाईन भानु थापा, जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्ति मगरलगायतको उपस्थिति रहेको थियो । ह्विलचियर वितरण कार्यक्रम जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्त...







