स्थानीय तह विशेष
माघ १ गते हेटौंडामा छैठौं माघि थारु महाउत्सव हुदै
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवि चौरमा छैठौं माघि थारु महाउत्सव हुने भएको छ । माघि महाउत्सव मुल आयोजक समिति मकवानपुरले शनिबार पत्रकार सम्मेलन मार्फत माघ १ गते माघि थारु महाउत्सव हुने जानकारी दिएको हो ।
महाउत्सव दिउसो १० बजे देखि सुरु हुने र करिब ५ हजार दर्शकले अनुगमन गर्ने अनुमान गरिएको छ । महाउत्सव समपन्न गर्न ७ लाख ५० हजार रकम खर्च हुने आयोजकले अनुमान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले माघि महाउत्सवको उद्धघाटन गर्ने छ ।
थारु जातिले मनाउने चाड पर्वहरु मध्य मुख्य पर्व माघि गणप्रथा भित्रको नयाँ बर्षको रुपमा मनाउने गरेको छ । थारु जातिको सांस्कृतिक , लोक कला , भाषादर्शन,रितिरिवाज र थारु खनपिन परिवारको व्यवसालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र थारु समुदायमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्तुत गराई थारु समुदायक...
मकवानपुरगढीमा अन्तरपालिका स्तरीय रनिङशिल्ड सुरु
हेटौंडा/ मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा आज शनिबारबाट अन्तरपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता आज बाट सुरु भएको हो ।
प्रतियोगितामा प्रतियोगितामा ११ वटा टिम सहभागि रहने भनिएकोमा ७ वटा टिम सहभागि रहेको मकवानपुर गढी खेलकुद विकास समितीका सदस्य विक्रम योन्जनले जानकारी दिनुभयो । मनहरी, राक्सिराङ,बकैया र भिमभफेदि गाउँपालिका उपस्थित नरहेको सदस्य योन्जनले बताउनु भयो । बागती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी छिन्तुले प्रतियोगिताको उद्धघाटन गरेका छन् । प्रतियोगिताको उद्धघाटन समारोहमा मकवानपुर गढी गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष्य हिरा बाबु स्याङतान, मकवानपुर गढी गाउँपालिका प्रमुख अध्यक्ष्य दोर्जे लामा स्याङतान, गढी गाउँपालिका उपाध्यक्ष्य मान कुमारी पाख्रिन लगायतका पधाधिकारीहर...
राप्ती नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२
काठमाडौं / दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीमा पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घनईते हुनेको संख्या १७ जना रहेका छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भयो । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज अस्पताल पठाइएको छ ।
ईकान्तिपुरबाट साभार गरिएको...
मकवानपुरगढीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु
हेटौंडा / मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर- १ स्थित बादरखोल्सी भित्रि सडकखण्डमा टिप्पर दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का रातोमाटे बस्ने २२ वर्षिय सुकदेव पाख्रिनको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनु भयो।
स्थानीय लेनडाँडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा प्र–०३–००१ ख १४८९ नम्बरको टिप्पर आफै अनियन्त्रित भई रोडबाट १५० मिटर तल खस्दा पाख्रिनको मृत्यु भएको जनाएको छ । दुर्घटनामा चालकलाई उद्दार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा आज बिहान सवा २ बजे डाक्टरले मृत्यु घोषणा गरेका थिए ।...
ज्ञानज्योतिका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
हेटौंडा/ हेटौडा उपमहानगरपालिका वडा नम्बर- १५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानको पहलमा ईएनसि संस्थाका प्रमुख चेत थोकरको सहयोगमा ज्ञानज्योति विद्यालयका विद्यार्थीहरुलाई बिहिबार ट्रयाक सुट वितरण गरिएको हो ।
हेटौंडा -१५ का वडा सदस्य पातलीमाया गोङ्बाको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको जनाएको छ । ५० हजार रकम बराबरको ४५ थान ट्रयाक सुट वितरण गरिएको नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिनुभयो ।
विद्यालयमा अध्यनरत विपन्न र आर्थिक अवस्था कमजोर भएका तामाङ र चेपाङ समुदायका विद्यार्थिलाई सहयोग गरिएको घलानले जानकारी दिनुभयो ।...
माघ ६ गते दुर्गा प्रसाई हेटौंडमा आउने
हेटौंडा/ राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपालको सभालाई सम्बोधन गर्न दुर्गा प्रसाई हेटौंडा आउने भएको छ । बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त संघले जानकारी दिएको हो । आगामि माघ ६ शनिबार दिउसो १ बजे हेटौंडा-४ स्थित भुप्रा चौरमा आम सभा हुने र सभालाई प्रसाईले सम्बोधन गर्ने ।
प्रसाईले लघुबित्त सर्वहारा वर्गको बिषयमा कुरा राख्ने र मिटर ब्याजि, ऋणी पिडीतको बिषयमा सम्बोधन गर्ने जनाएको छ । साथै सुझाब संकलन समेत गर्ने राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल नारायणी अञ्चलका संयोजक बिजय कुमार तिमल्सिनाले जानकारी दिनुभयो । सभामा २५ हजार नागरिको सहभागि रहने अनुमान गरिएको छ भने कार्यक्रमको लागि ५ लाख खर्च हुने अनुमान गरिएको छ ।...
मकवानपुरगढी गाउँपालिकाको हिउदे अधिवेशन माघ ५ गते हुने
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको हिउदे अधिबेशन माघ ५ गते हुने भएको छ ।
पालिकाको नियमित बस्ने बैठकले उक्त निर्णय गरेको पालिकाका उपाध्यक्ष्य मान कुमारी पाख्रिनले जानकारी दिनु भएको हो ।
चालु आर्थिक वर्षमा लिएको लक्ष्यभन्दा राजस्व कम संकलन भएको र बजेट संशोधन गर्ने
उपाध्यक्ष्य पाख्रिनले बताउनु भयो । यसैगरी अधिवेशनको लागी योजना बनाउने उहाले बताउनु भएको छ ।
...
उपाध्यक्ष्य थिङले गरे घरमै गएर सेवा प्रवाह
हेटौंडा/ मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष्य बनस्तम थिङले घरमै गएर सेवा प्रदान गर्नु भएको छ ।राक्सिराङ गाउँपालिका वडा नं ३ बसोबास गर्ने सर्मिला सुनारलाई अपाङ्गता परिचय पत्र वितरण गर्नु भएको हो ।
सुनार गम्भीरताको आधारमा अति अशक्त र प्रकृतिको आधारमा शारीरिकरुपमा अशक्त छिन् । यसरी घरमै पुगेर सेवा प्रवाह गर्न पाउदा खुसी मिलेको उपाध्यक्ष्य थिङले बताउनु भएको छ । ।
यस्तै पालिका अन्तर्गत रहेर हाल सम्म ५७ जनालाई घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरिसकेका उपाध्यक्ष्य थिङले जानकारी दिनुभयो ।...
अनुशासन इन्चार्ज नराख्न काठमाडौं महानगरपालिकाको निर्देशन
६ पुस, काठमाडौं - काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न महानगरपालिकाले निर्देशन दिएको छ।
काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्।
अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो।
सूचना:...
