चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको २६ प्रतिशत बजेट फ्रिज
हेटौंडा/ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित कुल बजेटको ७४ प्रतिशत मात्र खर्च गरेको छ । चालु आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेटमा प्रदेश सरकारले असारसम्म ७४ प्रतिशत अर्थात् ४७ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेको हो ।
प्रदेश लेखा नियन्त्रकको कार्यालय, हेटौंडाका अनुसार बागमतीका १४ मन्त्रालय, आयोग र निकायहरुबाट चालु खर्चतर्फ ७१ दशमलब ५ प्रतिशत अर्थात् १८ अर्ब ४० करोड रुपैयाँ र पुँजीगततर्फ ७८ दशमलब ५० प्रतिशत अर्थात् २८ अर्ब ४० करोड रुपैयाँ बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु खर्चतर्फ २५ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो भने विकास बजेटतर्फ ३७ अर्ब ३१ करोड रुपैयाँ गरी कुल ६४ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
गत वर्षको तुलनामा बागमती सरकारको बजेट खर्च सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्ष ७० प्रतिशत बजेट खर्च गरेको बागमती सरकारल...







