Breaking News 1

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द हुने

Breaking News 1, समाचार
चितवन / गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो । तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो । पुस २८ गतेदेखि माघ २० दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । अनलाईन खबरबाट साभार गरिएको...
रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

Breaking News 1, प्रमुख समाचार, समाचार
२६ पौष, सर्लाही - जिल्ला अदालतले बाल यौन शोषणको मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।  न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ । सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।...
ज्ञानज्योतिका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

ज्ञानज्योतिका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

Breaking News 1, बागमती प्रदेश, शिक्षा, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ हेटौडा उपमहानगरपालिका वडा नम्बर- १५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानको पहलमा ईएनसि  संस्थाका प्रमुख चेत थोकरको सहयोगमा ज्ञानज्योति विद्यालयका विद्यार्थीहरुलाई बिहिबार ट्रयाक सुट वितरण गरिएको हो । हेटौंडा -१५ का वडा सदस्य पातलीमाया गोङ्बाको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको जनाएको छ । ५० हजार रकम बराबरको ४५ थान ट्रयाक सुट वितरण गरिएको नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिनुभयो । विद्यालयमा अध्यनरत विपन्न र आर्थिक अवस्था कमजोर भएका तामाङ र चेपाङ समुदायका विद्यार्थिलाई सहयोग गरिएको घलानले जानकारी दिनुभयो ।...
साताको अन्तिम दिन सेयर बजार घट्यो

साताको अन्तिम दिन सेयर बजार घट्यो

Breaking News 1, अर्थ, समाचार
  काठमाडौं/  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । कारोबार सुरु भएको ३५ मिनेटमै २१०६ विन्दुसम्म पुगेको नेप्से अन्ततः कारोबार बन्द हुँदा २०८८।९ विन्दुमा कायम भयो । नेप्से अघिल्लो दिनको तुलनामा ०।६२ अंक घटेको हो ।   नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १३ करोडको धितोपत्र कारोबार भएकोमा बिहीबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ९ को स्थिर रह्यो । अधिकांश समूह घटेका छन् । जीवन बीमा र होटल समूह सबैभन्दा धेरै १र१ प्रतिशत घटे । हाइड्रोपावर समूह सबैभन्दा धेरै १।५ प्रतिशत बढ्यो । अनलनईन खबरबाट साभार गरिएको...
आफूलाई ‘लिटल बुद्ध’ बताउने रामबहादुर बम्जनको घरबाट करोडौ रुपैयाँ बरामद

आफूलाई ‘लिटल बुद्ध’ बताउने रामबहादुर बम्जनको घरबाट करोडौ रुपैयाँ बरामद

Breaking News 1, प्रमुख समाचार, समाचार
२५ पौष, काठमाण्डौं - आफूलाई ‘लिटल बुद्ध’ बताउने रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । हत्या र यौनहिंसाका आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो । बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । सीआईबीले बुधबार बिहान पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको थियो । बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार...
मकवानपुरगढी गाउँपालिकाको हिउदे अधिवेशन माघ ५ गते हुने

मकवानपुरगढी गाउँपालिकाको हिउदे अधिवेशन माघ ५ गते हुने

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको हिउदे अधिबेशन माघ ५ गते हुने भएको छ । पालिकाको नियमित बस्ने बैठकले उक्त निर्णय गरेको पालिकाका उपाध्यक्ष्य मान कुमारी पाख्रिनले जानकारी दिनु भएको हो । चालु आर्थिक वर्षमा लिएको लक्ष्यभन्दा राजस्व कम संकलन भएको र बजेट संशोधन गर्ने उपाध्यक्ष्य पाख्रिनले बताउनु भयो । यसैगरी अधिवेशनको लागी योजना बनाउने उहाले बताउनु भएको छ ।  ...
मंगलबार शेयर बजार बढ्यो, ५ अर्ब १३ करोडको कारोबार

मंगलबार शेयर बजार बढ्यो, ५ अर्ब १३ करोडको कारोबार

Breaking News 1, अर्थ, समाचार
काठमाण्डौ / मंगलबार आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ । आज बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ । आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६÷८७ को शेयर झन्डै छ प्रतिशतले घटेको छ । आज एक करोड ३४ लाख ७७ हजार कित्ता शेयर पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । उज्यालो अनलाईनबाट साभार गरिएको...
जन-अपेक्षा अनुसार काम गरेको छु ः मुख्य मन्त्रि जम्कटेल

जन-अपेक्षा अनुसार काम गरेको छु ः मुख्य मन्त्रि जम्कटेल

Breaking News 1, Breaking News 2, बागमती प्रदेश, मुख्य समाचार, समाचार
अन्जना तामाङ हेटौंडा ः बागमति प्रदेश सरकारका मुख्य मन्त्रि शालिकराम जम्कटेलले जन अपेक्षा अनुसार काम गरेको बिश्वास दिलाएको छ । बुधबार जम्कटेल नेतृत्वको सरकारले बार्षिक अवधिमा समपन्न गरेका कार्यको सार्वजनिकीकरण कार्यक्रमा बोल्नु हुदै यस्तो बताउनु भएको हो । मुख्य मन्त्रि जम्कटेलले राज्य र जनतालाई विवादित गर्ने कार्य नगर्ने बताउनु भयो । यसै गरी स्वास्थ्य क्षेत्रमा स्थर उन्नति गर्नुका साथै शिक्षा क्षेत्रमा गरेको लगानिलाई संथागत रुपमा बिस्तार गर्ने बताउनु भयो । प्राविधिक जनशक्ति उत्पादन गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाको तयारीमा रहेको बताउनु भएको छ । पुर्वधार तर्फ २ सय ७२ सडक कालो पत्र गरिएको र यातायत क्षेत्रमा सेवा प्रवाहलाई बिस्तार गर्न सवारी अनुमति पत्र छिटो छरिटो प्रदान गर्ने निम्ति सरकार लागि परेको मुख्य मन्त्रि जम्कटेलले बताउनु भयो । बहु शंख्यात्मक रुपामा देशमा किसान रहेकाले किसानल...
हेटौंडामा चलचित्र काडेतारको च्यारिटी-शो प्रदर्शन हुने

हेटौंडामा चलचित्र काडेतारको च्यारिटी-शो प्रदर्शन हुने

Breaking News 1, समाचार
हेटौंडा / सामाना फिल्मस् प्रा.लिको आयोजनामा हेटौंडामा नेपाली चलचित्र काँडेतारको शो प्रदर्शन हुने भएको छ । आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत उक्त सो हुन लागेको आयोजकले जनाएको छ । खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागेको चलचित्रका निर्देशक नवल खड्काले बताउनुभयो । देशको माटो र नेपाली मान्छे जोगाउनु पर्छ भन्ने भाव चलचित्रमा रहेको भन्दै देशको ६० भन्दा बढी शो प्रदर्शन गरिसकेको र आगामी फागुन २७ गते चलचित्र देशभर प्रदर्शन हुने जनाएको छ । च्यारेटी शो भने आगामी पुस २७ गत एनएस सिनेमा हलमा काँडेतार प्रदर्शन गरिने निर्देशकले जनाएको छ ।...
एनआरएनद्धारा गैरआवासी संघको २१ जना सल्लाहकार चयन

एनआरएनद्धारा गैरआवासी संघको २१ जना सल्लाहकार चयन

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
 काठमाडौं / आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ जनाको सल्लाहकार समिति चयन गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो । सल्लाहकारमा महेश श्रेष्ठ जापान,नारायण आचार्य, नेदरल्याण्ड दुर्गा आचार्य अस्ट्रेलिया, नरेन्द्र भाट कतार, सुरेन्द्र नेपाल श्रेष्ठ युके, शशी पौडेल नेदरल्याण्ड,नारायण थापा अमेरिका, आनन्द बिष्ट अमेरिका, बिष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा, डा बिनोद शाह अमेरिका, बिमल सुवेदी कतार, नारायण कंडेल अमेरिका, पुष्प थापा जर्मनी, रोशन केसी जापान, सुवास जोशी बेल्जियम, मना थापा अफ्रिका, प्रेम गुरुङ बेल्जियम, चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा कृष्ण अर्याल नर्वे रहेका छन् ।यस्तै बैठकले रिक्त रहेको क्षेत्रीय संयोजक पदमा पनि नियुक्त गरेको छ । ओसियनाको युवा सहसयोजकमा विशाल पोखरेल, महिला सहसहसंयोजकमा मनिषा अर्याल उप्रेत...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"