तामाङ पत्रकारहरूका लागि पहिलोपटक मकवानपुरमा तामयिक लिपि प्रशिक्षण सम्पन्न
हेटौंडा / तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा तामाङ पत्रकारहरूका लागि लक्षित गर्दै तीनदिने तामयिक लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जेठ २८ गतेदेखि सुरु भएको यो कार्यक्रम मकवानपुर जिल्लामा पहिलोपटक तामाङ पत्रकारहरूका लागि सञ्चालन गरिएको हो । संघका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मकवानपुर जिल्लाभरिका तामाङ पत्रकारहरूका साथै तामाङ समुदायका सांस्कृतिक अभियन्ता, बुद्धिजीवी तथा अग्रजहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तामाङ भाषाको मौलिक लिपि ‘तामयिक’ सिकाउने उद्देश्यसहित सञ्चालन गरिएको यस प्रशिक्षणले तामाङ भाषा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अभिलेखीकरणमा महत्वपूर्ण योगदान पुगाउने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो र घेदुङ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलानले प्रशिक्षकका रूपमा सहजीकरण...








